जनार्दननिकट नेताको दाबी : बाबुराम जोडिन्छन, रास्वपाबाट वाम विचार बोकेका नेताहरू आउँछन् « Khabarhub

जनार्दननिकट नेताको दाबी : बाबुराम जोडिन्छन, रास्वपाबाट वाम विचार बोकेका नेताहरू आउँछन्


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रगतिशील राष्ट्रिय अभियानको केन्द्रीय संयोजन समितिका सदस्य मदन भट्टराईले डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा नयाँ शक्ति पार्टी जनार्दन शर्मा नेतृत्वमा समाहित हुने कुराको टुंगो लागेको बताएका छन्।

खबरहबसँग कुरा गर्दै भट्टराईले डा भट्टराईको पार्टीसँग एकताको सहमति भएको बताए । उनले अब नयाँ पार्टी बनाएर जाने कुरा लगभग टुंगो भएको उनले बताए ।

भट्टराईले सन्तोष परियार लगायत राष्ट्रिय स्वतन्त्र पार्टीका वाम नेताहरूसँग छलफल जारी रहेकाले उनीहरू पनि अभियानमा जोडेर जाने स्पष्ट पारे।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका वाम विचारधाराका नेताहरूसँग छलफल भइरहेको छ । सायद सन्तोषजी हामीसँगै जानुहुन्छ होला’, भट्टराईले खबरहबसँग भने, ‘पूर्वप्रधानमन्त्री भट्टराईको नयाँ शक्ति हाम्रो अभियानमा जोडिने अनौपचारिक निर्णय भइसकेको छ।’

भट्टराईले अहिले जनार्दन समूहले पार्टी निर्माण नगर्ने तर विभिन्न विकल्पहरूमा मोर्चा कसेर अगाडि बढ्ने दाबी गरे।

उनले अन्य पार्टीसँग असन्तुष्ट रहेका र वैकल्पिक शक्तिहरू पनि आफ्नो अभियानमा जोडिँदै जाने उल्लेख गरेका छन्।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ३ : ३६ बजे

अघोषित लोडसेडिङ अन्त्य गरी नियमित विद्युत् आपूर्तिको माग

विराटनगर- मोरङ उद्योग व्यापार सङ्घले अघोषित लोडसेडिङ, पटक–पटक हुने ट्रिपिङ तथा

कुमारी बैंक र जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङबीच रणनीतिक साझेदारी

काठमाडौं– कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि जर्मन

न्यून गुणस्तरका दुई औषधि तत्काल बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं- औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका दुई

भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल

एजेन्सी– विनाशकारी भूकम्पबाट प्रभावित भेनेजुएलामा मृत्यु हुनेको सङ्ख्या तीन हजार

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ स्वीकृत