जनार्दननिकट नेताको दाबी : बाबुराम जोडिन्छन, रास्वपाबाट वाम विचार बोकेका नेताहरू आउँछन् « Khabarhub

जनार्दननिकट नेताको दाबी : बाबुराम जोडिन्छन, रास्वपाबाट वाम विचार बोकेका नेताहरू आउँछन्


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रगतिशील राष्ट्रिय अभियानको केन्द्रीय संयोजन समितिका सदस्य मदन भट्टराईले डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा नयाँ शक्ति पार्टी जनार्दन शर्मा नेतृत्वमा समाहित हुने कुराको टुंगो लागेको बताएका छन्।

खबरहबसँग कुरा गर्दै भट्टराईले डा भट्टराईको पार्टीसँग एकताको सहमति भएको बताए । उनले अब नयाँ पार्टी बनाएर जाने कुरा लगभग टुंगो भएको उनले बताए ।

भट्टराईले सन्तोष परियार लगायत राष्ट्रिय स्वतन्त्र पार्टीका वाम नेताहरूसँग छलफल जारी रहेकाले उनीहरू पनि अभियानमा जोडेर जाने स्पष्ट पारे।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका वाम विचारधाराका नेताहरूसँग छलफल भइरहेको छ । सायद सन्तोषजी हामीसँगै जानुहुन्छ होला’, भट्टराईले खबरहबसँग भने, ‘पूर्वप्रधानमन्त्री भट्टराईको नयाँ शक्ति हाम्रो अभियानमा जोडिने अनौपचारिक निर्णय भइसकेको छ।’

भट्टराईले अहिले जनार्दन समूहले पार्टी निर्माण नगर्ने तर विभिन्न विकल्पहरूमा मोर्चा कसेर अगाडि बढ्ने दाबी गरे।

उनले अन्य पार्टीसँग असन्तुष्ट रहेका र वैकल्पिक शक्तिहरू पनि आफ्नो अभियानमा जोडिँदै जाने उल्लेख गरेका छन्।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ३ : ३६ बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो