सिद्धार्थ बिजनेस ग्रुप सुदूरपश्चिम रोयल्सको ‘हस्पिटालिटी’ पार्टनर | Khabarhub Khabarhub

सिद्धार्थ बिजनेस ग्रुप सुदूरपश्चिम रोयल्सको ‘हस्पिटालिटी’ पार्टनर


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको  ‘हस्पिटालिटी’ पार्टनर बनेको छ ।

सुदूरपश्चिम रोयल्स र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच शुक्रबार काठमाडौँमा सम्झौता भएको हो । सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक दुर्गा पन्तले हस्ताक्षर गरे ।

सम्झौतापछि बोल्दै सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले हस्पिटालिटी क्षेत्रमा प्रतिष्ठित कम्पनीसँगको साझेदारीले टोलीलाई थप हौसला प्रदान गर्ने बताए ।

‘सिद्धार्थजस्तो हस्पिटालिटी  क्षेत्रमा राम्रो सेवा दिँदै आइरहेको कम्पनीसँग जोडिएकोमा हामी खुसी छौँ,’ खड्काले भने, ‘यो सम्झौताले टोलीमा थप ऊर्जा र हौसला बढाएको छ।’

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक दुर्गा पन्तले यो साझेदारीलाई हस्पिटालिटी  क्षेत्रमा सुखद पक्षको रूपमा लिएको बताए । उनले भने, ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी सुदूरपश्चिम रोयल्सको  ‘हस्पिटालिटी’ पार्टनर बन्न पाउँदा हामीलाई खुसी लागेको छ । यो साझेदारीले हस्पिटालिटी क्षेत्रमा थप अघि बड्ने अवसर मिल्नेछ।’

सुदूरपश्चिम रोयल्सको टोलीः
दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन।
मुख्य प्रशिक्षकः जगत टम

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ५ : ०३ बजे

आयोगले दियो नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र

काठमाडौं– निर्वाचन आयोग नेपालले आज नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको

छोरीको भिडियो देखाउँदै सुन्तली भन्छिन् : चार वर्ष बित्यो, अब आफ्नो पीडा लुकाइरहन सकेनौँ

काठमाडौं- चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण विवाद झन्

अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै गति

कास्की कारागारका १९८ कैदीबन्दी अझै फरार

कास्की– जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेकामध्ये