बाबुराम र जनार्दनलाई साक्षी राखेर सुदन, सन्तोष र दुर्गाबीच ५ बुँदे सहमति « Khabarhub

बाबुराम र जनार्दनलाई साक्षी राखेर सुदन, सन्तोष र दुर्गाबीच ५ बुँदे सहमति

मङ्सिर ७ गते बृहत् एकता घोषणा गर्ने


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार, प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराती र नेपाल समाजवादी पार्टी नयाँ शक्तिकी संयोजक दुर्गा सोबबीच पाँच बुँदे सहमतिमा हस्ताक्षर भएको छ।

उनीहरूबीच ललितपुरमा भएको लामो वार्तापछि सहकार्य गरेर अगाडि बढ्न पाँच बुँदे सहमति भएको हो।

सहमतिपछि जारी गरिएको पत्रअनुसार नेपालको राजनीतिक समग्र पुनर्संरचना गर्ने लक्ष्यसहित नेपाल समाजवादी पार्टी नयाँ शक्ति प्रगतिशील राष्ट्रिय अभियान र प्रतिनिधिसभाका निवर्तमान सदस्य सन्तोष परियार एक मत भएको उल्लेख छ ।

सहमतिमा एकता तथा ध्रुवीरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिह्न एउटै बनाउने उल्लेख छ। सहमतिमा मङ्सिर ७ गते बृहत् एकता घोषणा कार्यक्रम गर्ने सहमति भएको बताइएको छ।

सहमतिको चौथो बुँदामा देश तथा विदेशमा बस्ने प्रगतिशील लोकतान्त्रिक वामपन्थी र देशभक्त शक्तिहरू र विशेषगरी जे-नजी पुस्तालाई बृहत राजनीतिक पुनरसंरचनाको अभियानमा सहभागी हुन आह्वान गरिएको छ।

सहमतिपत्रमा माओवादी छोडेका उपमहासचिव जनार्दन शर्मा प्रभाकरको नाम राखिएको छैन । तर सहमति गर्दा उनी र नेता बाबुराम भट्टराई सहभागी थिए । जनार्दनले सुदनलाई अगाडि सारेर पाँच बुँदे सहमति गराएका हुन्।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ५ : २२ बजे

कुलमान र बालेनसँगको सहमति नयाँ शक्तिको निर्माणको प्रारम्भिक कदम: डीपी अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह

गोरखा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका

जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस

काठमाडौं – न्याय सेवा आयोगले आज जिल्ला न्यायाधीशमा नियुक्त गर्न

बालेन भन्छन्ः म नेपाल हाँसेको हेर्न चाहन्छु

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफूले नेपाल हाँसेको

नेकपाको बन्दसूचीमा मित्र परियारदेखि पञ्चा सिंहसम्म

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले यसअघिसम्म मन्त्री