कर्जाको माग बढ्न नसक्दा थप घट्यो बैंकमा मुद्दतीको ब्याजदर « Khabarhub

कर्जाको माग बढ्न नसक्दा थप घट्यो बैंकमा मुद्दतीको ब्याजदर


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकिङ क्षेत्रमा लगानीयोग्य तरलता बढ्दै जाँदा र कर्जाको माग बढ्न नसक्दा मुद्दतीतर्फको ब्याजदर निरन्तर घटेको छ । अधिकांश वाणिज्य बैंकले मंसिर महिनाका लागि मुद्दतीतर्फको ब्याजदर घटाउने भएका छन् ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये ११ वटाले मंसिर महिनाका लागि कात्तिक महिनाको तुलनामा मुद्दतीतर्फको ब्याजदर घटाएका छन् । कात्तिक महिनामा वाणिज्य बैंकहरूमा व्यक्तिगत मुद्दतीतर्फ औसत ब्याजदर ५.२० र संस्थागत मुद्दतीतर्फ ३.६८ रुपैयाँ रहेको थियो । 

तर, मंसिर महिनाका लागि वाणिज्य बैंकहरूमा व्यक्तिगत मुद्दतीतर्फ औसत ०.१७ प्रतिशतले ब्याजदर घटेको छ भने संस्थागत मुद्दतीतर्फ ०.१० प्रतिशतले ब्याजदर घटेको छ । जसले गर्दा मंसिर महिनाका लागि वाणिज्य बैंकहरूमा व्यक्तिगत मुद्दतीतर्फ औसत ब्याजदर ५.०३ र संस्थागत मुद्दतीतर्फ ३.५८ प्रतिशत कायम हुन पुगेको छ ।

मुद्दतीतर्फको ब्याजदरमा निरन्तर गिरावट आउँदा पनि ग्लोबल आईएमई बैंकले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ सबैंभन्दा धेरै ६ प्रतिशत ब्याजदर कायम गरेको छ । 

मंसिर महिनाका लागि स्टान्डर्ड चाटर्ड बैंक र कृषि विकास बैंकले व्यक्तिगत मुद्दतीतर्फ सबैभन्दा थोरै ४.७० प्रतिशत ब्याजदर कायम गरेका छन् ।

कात्तिक महिनाको तुलनामा मंसिर महिनाका लागि कृषि विकास, कुमारी, नेपाल एसबिआई, प्राइम, सिटिजन्स, स्टान्डर्ड चार्टर्ड, हिमालयन, सिद्धार्थ, नबिल, सानिमा र एनआईसी एसिया बैंकले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर घटाएका छन् । त्यस्तै, संस्थागत मुद्दतीतर्फको ब्याजदर भने नेपाल एसबिआई, हिमालयन, नबिल, सानिमा, एनआाईएमबी र एनआईसी एसियाले मात्रै घटाएको बैंकहरूद्वारा सार्वजनिक सूचनामा उल्लेख छ ।

मंसिर महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ एभरेष्टको ५, नेपाल बैंकको ५.२५, कुमारीको ४.९१, नेपाल एसबिआईको ४.८०, लक्ष्मी सनराईजको ५, प्राइमको ४.७५, सिटिजन्सको ४.७५, र प्रभु बैंकको ४.९५ प्रतिशत कायम हुने भएको छ ।

त्यस्तै, माछापुच्छ्रे ५, एनएमबिको ५, हिमालयनको ५.५०, सिद्धार्थको ५, नबिलको ४.७५, सानिमाको ५, राष्ट्रिय वाणिज्यको ५.५०, एनआईएमबी र एनआईसी एसियाको ५ प्रतिशत ब्याजदर कायम हुने भएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ११ : ५३ बजे

विष्णुमती नदी किनार कंकेश्वरी क्षेत्रमा वुद्धको प्रस्तर मूर्ति राखियो 

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नं. १९ कंकेश्वरीमा १५ फिट लामो

खामेनेई स्वस्थ रहेको दाबी

तेहरान- इरानका सर्वोच्च नेता मोजताबा खामेनेईको स्वास्थ्य अवस्थाबारे फैलिएका विभिन्न

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

काठमाडौं- सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै वालेन्द्र शाह नेतृत्वको सरकारले

रोल्पामा मृत्यु भएका सबै २० जनाको सनाखत 

रोल्पा-रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ

म्याग्दीको रघुगंगामा सडक खनिरहेको डोजर र चालकलाई पहिरोले पुर्‍यो

म्याग्दी -म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग भिरझरामा मोटरबाटो खन्ने क्रममा झरेको