कम्बोडियामा बर्ड फ्लूबाट युवकको मृत्यु « Khabarhub

कम्बोडियामा बर्ड फ्लूबाट युवकको मृत्यु


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

फ्नोम पेन्ह- क्याम्बोडियामा २२ वर्षीय एक युवक ‘एच५एन१’ फ्लुबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘एच५एन१’ भनेको बर्ड फ्लूको एक प्रकारको इन्फ्लुएन्जा भाइरस हो । यसले उच्च मृत्यु दर देखाउने हुँदा स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण मानिन्छ । 

एच५एन१ बाट सङ्क्रमित मानिसमा सामान्यतया ज्वरो, खोकी, घाँटी दुखाइ र श्वासप्रश्वासमा समस्या देखा पर्न सक्छ । यो भाइरस प्रायः सङ्क्रमित चराको सँगको प्रत्यक्ष सम्पर्क र त्यसको उत्सर्जन (मल, लार र ढिक्री) मार्फत फैलिन्छ । मानवबाट मानवमा सङ्क्रमण दुर्लभ भए पनि, यदि भाइरसमा उत्परिवर्तन हुन्छ भने महामारीको खतरा बढ्न सक्छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार, राष्ट्रिय सार्वजनिक स्वास्थ्य संस्थानको प्रयोगशालामा गरिएको परीक्षणमा १५ नोभेम्बर सन् २०२५ मा युवक एच५एन१ भाइरसको सङ्क्रमणमा रहेको पुष्टि भएको थियो ।

मृतक युवक राजधानी फ्नोम पेन्हको क्रोय चाङ्भर जिल्ला अन्तर्गत केन ख्लेङ गाउँमा बस्दै आएका थिए । स्वास्थ्य अधिकारीहरूले सङ्क्रमणको स्रोत पत्ता लगाउन अनुसन्धान सुरु गरेका छन् र समुदायमा फैलावट रोक्न मृतकसँग सम्पर्कमा रहेका व्यक्तिहरूको परीक्षण गरिरहेका छन् ।

साथै, सङ्क्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूलाई टामिफ्लु (ओसेल्टामिभिर) वितरण गरिएको छ, जसले फ्लुको फैलावट रोक्न सहयोग पुर्‍याउँछ ।

एच५एन१  फ्लु प्रायः बिरामी चराचुरुङ्गीहरूमा फैलिन्छ, तर कहिलेकाहीँ मानिसमा पनि सर्छ । स्वास्थ्य मन्त्रालयले जनतालाई सचेत रहन र बिरामी चराचुरुङ्गी नखान आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार, यस वर्ष हालसम्म १७ जना क्याम्बोडियामा एच५एन१ सङ्क्रमणका घटना देखा परेका छन्, जसमा ६ जनाको मृत्यु भएको छ । रासस
 

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १ : १३ बजे

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति