ओलीको जिकिर : नयाँ आईजीपीलाई तर्साउन अवकाशमा गएका खापुङलाई स्थानहद तोकियो « Khabarhub

ओलीको जिकिर : नयाँ आईजीपीलाई तर्साउन अवकाशमा गएका खापुङलाई स्थानहद तोकियो


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीका नयाँ आईजीपी दानबहादुर कार्कीलाई तर्साउन निवर्तमान आईजीपी चन्द्रकुबेर खापुङलाई स्थानहद तोकिए दाबी गरेका छन् ।

उनले नयाँ आईजीपीलाई तर्साएर जेन-जी आन्दोलनका नाममा मच्चाइएको विध्वंशमा संलग्नलाई जोगाउन पुराना आईजीलाई काठमाडौं बाहिर र विदेश पनि जान नदिने गरी स्थान हद तोकिएको बताएका हुन्।

भक्तपुरको गुण्डुस्थित निजी निवासमा प्रेस चौतारीका नेता कार्यकर्तासँग आइतबार कुरा गर्दे ओलीले नवनियुक्त आईजीपीलाई तर्साउन अवकाशमा जानेबित्तिकै पूर्वआईजीपीको राहदानी रोक्का र स्थानहदको हल्ला गरिएको जिकिर गरे ।

‘हिजोसम्म शान्ति सुरक्षा कायम गराउन प्रहरी प्रमुखको जिम्मेवारी लिएको छ। आज कतै पनि जान नपाउनु योभन्दा ठूलो मजाक र तमासा के हुन्छ?’, उनले भने, ‘सरकार कस्तो बाटो हिँड्न खोजिरहेको छ? कहाँ जान खोजिरहेको छ? ‘रुल अफ ल’ कार्यान्वयन हुन नदिने, कानूनबमोजिम काम नगरी निर्दोषलाई थुन्नुपर्छ भन्ने ? दोषीलाई छाड्नुपर्छ भन्ने? लाइनमा छ ।’

ओलीले फरक प्रसंगमा एमाले देशको सबैभन्दा ठूलो र बलियो पार्टी रहेको बताए । उनले निर्वाचनबाट भाग्दैनौँ, डराउँदैनौँ भनेर लुते कुरा गरिरहनु जरुरी नभएको पनि उल्लेख गरे ।

अहिलेको अवस्थामा चुनाव हुनै नसक्ने ओलीको तर्क छ । प्रहरीबाट लुटिएका हातहतियार बाहिरै रहेको र कारागारबाट फारर भएका अपराधीलाईसमेत सरकारले नियन्त्रणमा लिन नसकेको अवस्थामा चुनाव गर्न नसकिने उनले बताए ।

‘देशको सबभन्दा ठूलो र सबभन्दा बलियो पार्टी चुनावबाट भाग्दैनौँ, डराउँदैनौँ भनेर लुते कुरा गरिरहनु पर्छ र ? चुनाव हुने अवस्था भए हामी जान तयार छौँ,’ उनले भने ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १ : ४४ बजे

वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष

काठमाडौं – नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना

रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए

काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित