‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन « Khabarhub

‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि आयोजित ‘टोकियो सप्ताह’ सम्पन्न भएको छ ।

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको आयोजना र जापानमा रहेका विभिन्न सङ्घसंस्थाको सहकार्यमा जापानमा ‘एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र’ (नेपाल हाउस) निर्माणका लागि नोभेम्बर ८ देखि सुरु भएको टोकियो सप्ताह सम्पन्न भएको हो ।

जापानको टोकियोस्थित शिन्ज्युकुमा आयोजित सप्ताहमा वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेल र बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले कथा वाचन गरेका थिए । 

एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले जापानमा आठ दिनसम्म चलेको सप्ताहमा झण्डै ११ करोड रुपैयाँ नगद सङ्कलन भएको जानकारी दिए । हालसम्म १० करोड ५० लाख रुपैयाँ नगद सङ्कलन भइसकेको र बाकसमा दान गरेको भेटीलाई गन्ने काम भइरहेको उनको भनाइ छ ।

जापानमा रहेका नेपालीबीचको एकता, भाइचारा र एक अर्का पुस्ताबीचको पारस्परिक सम्बन्धलाई थप मजबुत बनाउनका लागि निर्माण गर्न लागिएको ‘नेपाल हाउस’ निर्माणका लागि आयोजित सप्ताहमा नेपालीहरुको उल्लेख्य सहभागिता रहेको अध्यक्ष लामिछानेले बताए ।

जापानमा बन्न लागेको नेपाल हाउसभित्र नेपालको संस्कृति झल्काउने घर, विभिन्न जातजातिको संस्कृति तथा वेषभूषा, पशुपतिनाथ, बौद्ध, स्वयम्भूलगायत मन्दिर, नेपालका परम्परागत कृषि औजारहरु, विवाह व्रतबन्ध गर्न मिल्ने ठाउँहरू निर्माण हुनेछन् । 

आठ दिनसम्म सञ्चालन भएको सप्ताहमा जापानमा रहेका झण्डै २५ हजार नेपालीको सहभागिता रहेको अध्यक्ष लामिछानेले बताए  । 

एनआरएनए जापानका पूर्वअध्यक्ष नवीन निउरेले जापानमा एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र निर्माणका लागि टोकियोको चिवा केनमा यसअघि नै जमिन खरिद भइसकेको जानकारी दिए । 
 

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  २ : २७ बजे

‘विधिबाट स्थापित पद्धति र परम्परा पालनामा तलमाथि भए मानव समाज भयभीत हुन थाल्छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका निम्ति भय र

जनकपुरमा स्वास्थ्यमन्त्रीको पुतला दहन

काठमाडौं । नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जिहादी लडाकुको मृत्यु

एजेन्सी– नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी

मञ्जुश्री ‘कोअप्रेटिभ’ का अध्यक्ष घिमिरे पक्राउ

काठमाडौं– सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका