भारतीय राष्ट्रपति अङ्गोला भ्रमणमा « Khabarhub

भारतीय राष्ट्रपति अङ्गोला भ्रमणमा


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय राष्ट्रपति द्रौपदी मुर्मू अफ्रिकी मुलुक अङ्गोला भ्रमणमा पुगेकी छिन् । कुनै पनि भारतीय राष्ट्रपतिले अङ्गोलाको भ्रमण गरेको यो पहिलो अवसर हो ।

भ्रमणका क्रममा उनले राजधानी लुआण्डामा अङ्गोलाका समकक्षी जोआओ म्यानुअल गोन्जाल्भेस लोरेन्कोसँग पनि भेटवार्ता गरेकी छिन् । राष्ट्रपति मुर्मूको भ्रमणबाट दुई मुलुकबीच कायम द्विपक्षीय सम्बन्ध थप मजबुत हुने अपेक्षा गरिएको छ ।

छिल्लो समय दुई मुलुकबीच तेल, ऊर्जा तथा खनिज, हिरा प्रशोधन, डिजिटल प्रविधिजस्ता क्षेत्रमा सहकार्य बढिरहेको छ । राष्ट्रपति मुर्मूले ‘इन्टरनेशनल बिग क्याट अलायन्स’ र ‘ग्लोबल बायो फ्यूल्स अलायन्स’ नामक गठबन्धनमा सहभागी हुनेबारे अङ्गोलाले गरेको निर्णयको स्वागत पनि गरेकी छिन् ।

राष्ट्रपति मुर्मूको भ्रमणका क्रममा दुइई मुलुकबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको टाइम्स नाउले जनाएको छ । दुई मुलुकबीच मात्स उद्योग, जलसंस्कृति र समुद्री स्रोतमा सहकार्य अभिवृद्धि गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर भएको जनाइएको छ ।

भ्रमणका क्रममा दुई देशबीच व्यापार र लगानी सम्बन्धलाई थप विविधीकरण गर्ने विषयमा पनि सहमती भएको छ । त्यसैगरी, स्वास्थ्य, प्रविधि, कृषि, रक्षा, भौतिक पूर्वाधार र जनस्तरको सहकार्य अभिवृद्धि गर्न पनि दुवै मुलुक सहमत भएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ३ : ४३ बजे

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९