जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा यादव « Khabarhub

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा यादव


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

देवदह– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा राम अवतार यादव निर्वाचित भएका छन्  । आज रुपन्देहीको भैरहवामा सम्पन्न अधिवेशनले यादवको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

रुपन्देहीको सियारी गाउँपालिका–५ निवासी यादवले यसअघि पार्टीको प्रदेश कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका  थिए  । उनी जसपा नेपाल रुपन्देहीको पूर्वजिल्ला अध्यक्ष पनि हुन् ।

जसपा नेपाल केन्द्रीय निर्वाचन आयोगका सचिव ई. मनोज कुमार वर्माका अनुसार प्रदेश समितिको उपाध्यक्षमा चन्द्रधामा रैदास, मोहम्मद असलम खान र रेनु सिंह निर्वाचित भएका हुन् । त्यस्तै सचिवमा शिव कुमार चौधरी (थारु), इना मुल्लाह फकिर, शिवपुजन यादव र कोषाध्यक्षमा बच्चुलाल केवट निर्वाचित भएका हुन् ।

एकताको प्रथम लुम्बिनी प्रदेश अधिवेशन–२०८२ को शनिबार पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले उद्घाटन गरेको केन्द्रीय सदस्य विद्या प्रसाद यादवले बताए । रासस

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ५ : ०८ बजे

सातामा दुई दिन बिदा र इन्धनको करमा ५० प्रतिशत छुटपछि यातायातमा जोरबिजोर लगाउने तयारी

काठमाडौं- पश्चिम एसियामा चर्किएको युद्धबीच नेपाल सरकारले इन्धन खपत कटौती

बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’को निर्माता रेखा थापा

काठमाडौं – नायिका बेनिशा हमालको डेब्यू नाटकमा अर्की नायिका रेखा

भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको

इन्धनमा लाग्दै आएको ५० प्रतिशत कर छुट दिने सरकारको निर्णय

काठमाडौं- सरकारले पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्ने भन्सार महसुल

दादुराविरुद्ध बङ्गलादेशको आपत्कालीन अभियान

ढाका– एक महिनाभित्रै १०० भन्दा बढी बालबालिकाको ज्यान जाने गरी