एनपीएल उद्घाटन : काठमाडौं र जनकपुरको भिडन्त, कुन टिम कति बलियो ? « Khabarhub

एनपीएल उद्घाटन : काठमाडौं र जनकपुरको भिडन्त, कुन टिम कति बलियो ?


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आज उद्घाटन खेल हुँदैछ। साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दैछन्। यो भिडन्त सोमबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदै छ।

जनकपुर अनिलकुमार शाहको कप्तानीमा मैदानमा उत्रने छ भने काठमाडौंका कप्तान करण केसी हुन्। अघिल्लो सिजन राम्रा विदेशी खेलाडी भित्र्याएको जनकपुरले यो सिजनमासमेत ब्याटिङ लाइन बलियो बनाएको छ। उसको बलिङ लाइनसमेत धारिलो छ। साविक विजेता जनकपुरको आत्मबल बलियो देखिन्छ।

काठमाडौंले यो सिजन केही महत्त्वपूर्ण विदेशी खेलाडी पाएको छ। उसले उपाधि दाबेदारको रुपमा आफूलाई प्रस्तुत गर्दै आएको छ।

एनपीएलको ट्रफीका साथ आठ टिमका कप्तान । तस्बिरः एनपीएल

जनकपुर बोल्ट्सको शक्ति
पहिलो संस्करणको विजेता जनकपुर उपाधि दोहोर्याउन चाहन्छ। अघिल्लो सिजन नेपाली टिमका पूर्व मुख्य प्रशिक्षक पुबुदो दसनाइकेको प्रशिक्षण पाएको जनकपुरले यो सिजनका लागि वेस्ट इन्डिजका शिवनरायण चन्द्रपललाई मुख्य प्रशिक्षकको रुपमा ल्याएको छ।

जनकपुरको ब्याटिङमा पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका लाहिरु मिलन्थासहित निकोल लोफ्टी इटन, वायन पार्नेल, इमरान ताहिर र लाहिरु समरकून रहेका छन्।

कप्तान अनिलकुमार शाह र मार्की प्लेयर आसिफ शेखले जनकपुरका खम्बा हुन्। उनीहरुले ओपनिङमा आएर टपअर्डर सम्हाल्नेछन्। शेख र शाहलाई नेपाली खेलाडी ललित राजवंशी, किशोर महतो, शुभ कंसाकार, विकास आगरी, रुपेश सिंह, आदित्य महता, सचिन भट्ट, तुल बद्र थापा मगर, मयण यादव। यी खेलाडीको साथमा विदेशी खेलाडीको जादुसमेत देखिने छ।

काठमाडौं गोर्खाजको लाइनअप

एनपीएल अक्सनदेखि नै यो सिजन काठमाडौं भाग्यमानी ठहरिएको छ। सबै टिमले भित्र्याउने प्रयास गरेका नेपाली राम्रा खेलाडी काठमाडौंले पाएको छ। त्यसबाहेक काठमाडौंले नेपाली खेलाडीलाई बुझेका नेपाली राष्ट्रिय टिमका पूर्वमुख्य प्रशिक्षक मोन्टी देसाइसँग प्रशिक्षणको अवसर पाएको छ।

काठमाडौंले नामिबियाका कप्तान जेरार्ड एरासमससँगै केही महत्त्वपूर्ण विदेशी खेलाडी ल्याएको छ। इंग्ल्याण्डका जोन सिम्पसन, बेन चाल्र्सवर्थ, दक्षिण अफ्रिकाका रिकार्डो भासक्नसेलोस, अमेरिका मिलिन्द कुमार र भारतका सन्नी पटेल काठमाडौंका विदेशी खम्बा हुन्।

काठमाडौंको कप्तानी करणले गर्दा उनलाई मोहम्मद आदिल आलम, रशिद खान, भीम सार्की, आकाश त्रिपाठी, उत्तम मगर, सन्तोष यादव, प्रतिक श्रेष्ठको बल मिल्नेछ।

काठमाडौंको बलिङ लाइनमा कप्तान केसीसँगै शाहव आलम, दीपेश कँडेल, नटराजन शाह र तुलबहादुर थापाको जादु देखिने छ। कान्तिपुर मिडिया ग्रुपको लगानी रहेको टिम भएकाले यसमा धेरैको चासो देखिन्छ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ७ : २४ बजे

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा– गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी– कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका

लगनखेलको न्हु पोखरीसँग पार्क बन्ने

ललितपुर- ललितपुर महानगर वडा नं.५ लगनखेलस्थित न्हु पोखरीसँगैको खाली जमिनमा