दृष्टिविहीन महिला विश्वप क्रिकेटः अमेरिका १७ रनमा अलआउट, चार बलमै नेपालको जित « Khabarhub

दृष्टिविहीन महिला विश्वप क्रिकेटः अमेरिका १७ रनमा अलआउट, चार बलमै नेपालको जित

अमेरिकाविरुद्ध नेपालको सनसनीपूर्ण रेकर्ड


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिकेटमा असम्भव केही छैन । भारतमा जारी दृष्टिविहीन महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आइतबार अमेरिकालाई पराजित गर्दा त्यस्तै रेकर्ड बनाएको छ । अमेरिकाविरुद्ध १० विकेटको जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको नेपालले चार बलमै लक्ष्य भेट्टाएको हो ।

सुरुमा ब्याटिङ गरेको अमेरिकालाई नौ ओभर ४ बलमा मात्र १७ रनमा अलआउट गर्दै रेकर्ड बनाएको हो । १८ रनको लक्ष्य मात्र ४ बलमा नेपालले भेट्टाएर अनौठो रेकर्ड बनाएको हो ।

यो जितसँगै नेपालले चार खेलबाट छ अङ्क जोडेको छ । यसअघि श्रीलङ्का र अष्ट्रेलियालाई पराजित गरेको नेपालले भारतसँग भने हार बेहोरेको थियो ।

१० विकेटको जित निकालेको नेपालका लागि दिलसरा धमलाले अविजित १२ रन बनाइन् । त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका नौ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १७ रनमै समेटिएको थियो ।

अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपालका लागि दिलसरा धमलाले तीन र सुनिता घिमिरेले समान एक÷एक विकेट लिएका थिए ।

भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताका बाँकी खेल श्रीलंकामा हुनेछन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १० : ५६ बजे

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र

७० लाख घुस प्रकरण : राजश्वका पूर्वमहानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक