सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी « Khabarhub

सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एजेन्सी पछिल्लो समयमा बढ्दो मानवीय आवागमनका तथा उच्च जनसङ्ख्याका कारण सुडानको मानवीय अवस्था द्रुत रूपमा बिग्रँदै गएको संयुक्त राष्ट्रसङ्घका मानवीय निकायहरूले चेतावनी दिएका छन् ।

बढ्दो मानवीय संकटका कारण यस क्षेत्रबाट भाग्न खोज्ने नागरिकहरूमा निराशा बढ्दै गएको पोर्ट सुडानमा युएनएचसीआरको उप–कार्यालय प्रमुख ज्याकलिन विल्माले प्रकाश पारेका छन् । 
 
उनले ठूलो सङ्ख्यामा मानिसहरू अल–फसिरमा रहेको जनाउदै उनीहरु हिँडिरहेको तर खतरा वा अल–फसिरमा फर्कने जोखिमका कारण उनीहरूलाई यात्रा रोक लगाइएको जनाएका छन् ।

यसै गरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुडानमा बढ्दो भोकमरी र हैजाको प्रकोपले तीन हजार ५०० भन्दा बढीको ज्यान लिएको जनाएको छ ।

डब्ल्यूएचओका प्रवक्ता क्रिश्चियन लिन्डमेयरले सुडानले विश्वको सबैभन्दा खराब खाद्य संकटको सामना गरिरहेको जनाउदै गत सेप्टेम्बर सम्म दुई करोड १० लाख भन्दा बढी मानिसहरूले खाद्य असुरक्षाको सामना गरिरहेको बताए ।  

उनले अल–फसिर र काडुगलीमा अनिकाल व्याप्त भएको पुष्टि गर्दै अहिले दारफुर र कोर्दोफानका अन्य २० वटा क्षेत्रहरू खतरामा परेको जनाए ।  

संयुक्त राष्ट्रसङ्घीय माइन एक्सन सर्भिस (युएनएमएएस) का अनुसार खाद्यान्नको अभाव र रोगका कारण मात्र नभई विस्फोटक पदार्थ र लडाइँबाट पनि विभिन्न खतरा बढेका छन् ।   

संयुक्त राष्ट्र मानव अधिकार परिषद्ले गत शुक्रबार अल–फसिरको अवस्था बारे छलफल गर्न र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) मा सहरको पतनको क्रममा भएको सामूहिक हत्याको सम्बन्धमा तथ्य पत्ता लगाउने मिसन पठाउन सदस्य राष्ट्रहरूको अनुरोधलाई विचार गर्न एक सत्र आयोजना गरेको थियो ।

सुडानका विभिन्न क्षेत्रहरूमा सेना र आरएसएफबिचको लडाइँ बढिरहेको छ भने द्वन्द्वको सुरुवात भएको दारफुर क्षेत्र आरएसएफले गत महिना नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १२ : ४७ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र