काम नगरेका सडकसम्बन्धी २५ रुग्ण ठेक्का तोडियो « Khabarhub

काम नगरेका सडकसम्बन्धी २५ रुग्ण ठेक्का तोडियो


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र रुग्ण ठेक्का तोड्न सुरु गरेको छ । सडक डिभिजन कार्यालय काठमाडौँले आज एक सूचना जारी गरी २५ रुग्ण ठेक्का तोडिएको उल्लेख गरेको हो । ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०६७-६८ देखि २०७९-८० मा सम्झौता भएका छन् ।  

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने, आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । त्यसपछि सडक विभाग मातहतका कार्यालय रुग्ण ठेक्का तोड्नका लागि प्रक्रिया अगाडि बढाइएका थिए । 

सडक डिभिजन कार्यालय काठमाडौँबाट गत कात्तिक ११ गते ‘ठेक्का किन नतोड्ने रु’ भन्दै सम्बन्धित २५ निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्थाबमोजिम ठेक्का रद्द गरिएको कार्यालयका प्रमुख सुबोध देवकोटाले जानकारी दिए । 

कानुनमा भएको व्यवस्थाबमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौती बापतको रकम, पेस्की जमानत जफत र पेस्की रकमको १० प्रतिशत ब्याज असुल गर्नाका साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने उनले उल्लेख गरे। उनका अनुसार निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । 

ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमा समेत निर्माण सम्पन्न गर्नेतर्फ चासो नदेखाई काम अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रूपमा उपस्थित नभएर आधारभूत ठेक्का उल्लङ्घन, ठेक्काको म्याद नरहेको, ठेक्का फरफारक नगरेकाले सम्झौता रद्द गरिएको सूचनामा उल्लेख छ । 

विभिन्न मितिमा लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदासमेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाई ठेक्का सम्झौता उल्लङ्घन गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  २ : ११ बजे

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)