मधेशका पाँचजना प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश « Khabarhub

मधेशका पाँचजना प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले मधेश प्रदेशसभाका पाँचजना सदस्यहरूलाई पदमुक्त नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाको १० वटाभन्दा बढी बैठकमा अनुपस्थित रहेको दलिलसहित गत कात्तिक २७ गते जसपा नेपालबाट निर्वाचित ४ र नागरिक उन्मुक्ति पार्टीका एकसहित ५ जना सांसदलाई पदमुक्त गरेका थिए ।

जसपा नेपालका सांसदहरू मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन साह कलवार र शारदा शंकर साह कलबनर र नाउपा सांसद उर्मिला सिंहलाई पदमुक्त गरिएको थियो ।

तर सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सोमबार उक्त मुद्दामा कारण देखाऊ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफल गर्न पनि झिकाएको छ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ३ : १६ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै