प्रधानमन्त्रीद्वारा नागरिक समाजका अगुवाहरूसँग छलफल « Khabarhub

प्रधानमन्त्रीद्वारा नागरिक समाजका अगुवाहरूसँग छलफल


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा निर्वाचन गर्न विभिन्न दलहरूसँग छलफल गर्दै विश्वासको वातावरण बनाउने काम गरिरहेको बताएकी छन् ।

सोमबार सिंहदरबारमा नागरिक समाजका अगुवाहरूसँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले सरकारले ट्र्याक–टु संवाद मार्फत विभिन्न दलहरूसँग छलफल गर्दै विश्वासको वातावरण बनाउने काम गरिरहेको बताएकी हुन् । नागरिक समाजले आफ्नो प्रभाव प्रयोग गरी सबै दलहरूलाई प्रक्रियामा फर्काउन सहयोगका निम्ति उनले अपिल गरिन् ।

त्यस्तै उनले फागुन २१ को निर्वाचन केवल वर्तमान सरकारको राजनीतिक निर्णय वा इच्छा नभइ संवैधानिक रिक्तता टार्नका लागि अपरिहार्य राष्ट्रिय दायित्व भएको जिकिर गरिन् । उनले निर्वाचनको वैधानिक आधार स्थापित गर्न र लोकतन्त्रलाई सही मार्गमा फर्काउन दृढतापूर्वक सरकारको साथमा उभिन अनुरोध समेत गरिन् ।

उनले निर्वाचनलाई कम खर्चिलो र मितव्ययी बनाउन, विगतको भद्दा र अनावश्यक कर्मचारी भर्नासम्बन्धी बदनामी रोक्न कडाइका साथ निगरानी गरिने जानकारी गराउनुभएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । छलफलका क्रममा नागरिक समाजका अगुवाहरूले निर्वाचनका साथै सुशासनलाई समेत केन्द्रमा राखेर अघि बढ्न सुझाव दिएको खरेलले बताए ।

उनले बुधबार निर्वाचन आयोगमा दर्ता भएका नयाँ तथा पुराना दलसँग निर्वाचन केन्द्रीत छलफल गर्ने तयारी भएको बताए । छलफलमा सहभागी नागरिक अगुवा खगेन्द्र सङ्ग्रौलाले प्रधानमन्त्रीले कुनै पनि अवस्थामा तोकिएको समयमा नै निर्वाचन गराउनेमा प्रतिवद्ध देखिएको बताए

प्रधानमन्त्रीसँगको छलफलपछि आफूहरुलाई निर्वाचन गर्न सरकार तत्पर रहेको आभाष भएको उनले बताए । छलफलमा इन्द्र अधिकारी, सुबोधराज प्याकुरेल, जेवी विश्वकर्मा, केदारभक्त माथेमा, स्टेला तामाङ, विद्याधर मल्लिक, विजयकान्त कर्ण, गेजा शर्मा लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ४ : २४ बजे

असारअघि बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्र खुल्न कठिन, वैकल्पिक बाटो छिचोल्न पनि समस्या

काठमाडौं- बर्खे झरी होस वा हिउँदको सामान्य वर्षा । राजधानीसँग

वराहक्षेत्रमा बुधबारदेखि ‘कोशी पर्यटन महोत्सव’ हुँदै

सुनसरी– कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी

केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

धार्मिक पर्यटकीयस्थल मालिका जोड्ने तेस्रो सडकको मार्ग खुल्यो

म्याग्दी– म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी तीनतर्फबाट सडक सञ्जालमा

६ देशका राजदूत फिर्ता गर्ने बालेन सरकारको निर्णय

काठमाडौँ – सरकारले राजनीतिक नियुक्तिका आधारमा विभिन्न मुलुकमा पठाइएका ६