राष्ट्रियसभाका अध्यक्षद्वारा एनपीएल सफलताको शुभकामना « Khabarhub

राष्ट्रियसभाका अध्यक्षद्वारा एनपीएल सफलताको शुभकामना


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कीर्तिपुर क्रिकेट स्टेडियममा आजदेखि सुरु भएको ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका छन् । 

अध्यक्ष दाहालले शुभकामना सन्देश जारी गर्दै नेपाली क्रिकेटले विश्व समुदायमा देशको पहिचान स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरेका छन् । 

उनका अनुसार विदेशी मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली खेलाडीहरूले राष्ट्रको गौरव र प्रतिष्ठा निरन्तर बढाइरहेका छन् । क्रिकेटले विविध भाषा, धर्म र विचारले विभाजित नेपालीहरूलाई एकताबद्ध बनाउने माध्यमका रूपमा भूमिका निर्वाह गरेको बताए । 

यस वर्ष दोस्रो संस्करणका रूपमा सुरु भएको एनपीएलले विश्वभर छरिएका नेपाली समुदायको ध्यान मात्र तानेको नभई विश्वका विभिन्न देशका खेलाडीहरूको सहभागिताले अन्तरराष्ट्रिय समुदायको चासो पनि बढाएको अध्यक्ष दाहालले बताएका छन् । 

अध्यक्ष दाहालले कीर्तिपुर स्टेडियम निर्माणका विभिन्न चरणमा योगदान दिने सरकारका नेतृत्व, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट सङ्घ, खेलाडी तथा क्रिकेट प्रेमीहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । 
 

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ६ : ४४ बजे

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि