श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर « Khabarhub

श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्री एयरलाइन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर बनेको छ ।

सुदूरपश्चिम रोयल्स र श्री एयरलाइन्सबीच शुक्रबार काठमाडौँमा एक सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र श्री एयरलाइन्सका कर्पोरेट निर्देशक अनिल मानन्धरले हस्ताक्षर गरे ।

सम्झौतापछि बोल्दै सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले नेपालकै प्रतिष्ठित एयरलाइन्ससँग साझेदारी गर्न पाउँदा खुसी व्यक्त गरे । उनले भने, ‘श्री एयरलाइन्ससँग सम्झौता गर्न पाउँदा धेरै खुसी छौँ । यो सम्झौताले नेपालको खेल क्षेत्र र एयरलाइन्स क्षेत्र दुवैलाई एकताबद्ध बनाएको छ ।’

यसैगरी, श्री एयरलाइन्सका कर्पोरेट निर्देशक अनिल मानन्धरले यो साझेदारीलाई एयरलाइन्स क्षेत्रका लागि सुखद पक्ष भएको बताए । मानन्धरले भने, ‘श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा हामीलाई खुसी लागेको छ । यसलाई एक ऐतिहासिक साझेदारीका रूपमा लिएका छौँ ।’

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ११ : ०२ बजे

संविधानसभाका तीन सदस्यलाई दोषी ठहर गर्ने जिल्ला अदालतको निर्णय सदर

काठमाडौं– उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र कीर्ते कागजसम्बन्धी

सरकारप्रतिको आशा निराशामा बद्लिँदै गयो

काठमाडौं– जेन-जी आन्दोलनमार्फत जनताले पोखेको आक्रोश र निर्वाचनको परिणामार्फत राखेको

क्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी

किभ– युक्रेनले रातभर भएको रुसी हवाई आक्रमणका क्रममा प्रहार गरिएका

होल्डिङ सेन्टरका विद्यार्थीका लागि विद्यालय आवतजावत गर्न बस सेवा सञ्चालन

काठमाडौं- सरकारले सुकुमवासी होल्डिङ सेन्टरमा रहेका विद्यार्थीको पठनपाठन प्रभावित नहोस् भन्ने

प्रियंकाको ‘डर्टी ट्रयाक्स’ : आयुष्मानसँग ठुम्का मात्रै, दुर्गेशसँग बोल्ड स्टेप

काठमाडौं – नायिका प्रियंका कार्कीको फिल्म रिलिज हल्का फुल्का फन्डा