स्वास्थ्यमा समस्या देखिएपछि महरालाई सीसीयूमा सारियो « Khabarhub

स्वास्थ्यमा समस्या देखिएपछि महरालाई सीसीयूमा सारियो


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएपछि क्रिटिकल केयर युनिट (सीसीयू)मा सारिएको छ ।

पक्राउ परेपछि प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उपचाररत महराको स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई शुक्रबारबाट सीसीयूमा राखेर उपचार थालिएको छ । शुक्रबार उनको रक्त्तचापसमेत बढेको अस्पताल स्रोतले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार एक्कासी रक्तचाप बढेपछि मुटुको एन्जिओग्राफी गरिएको थियो। एन्जियोग्राफीमा मुटुको बायाँतर्फ २० प्रतिशत ब्लक भएको देएिपछि उनलाई सीसीयूमा राखेर उपचार थालिएको हो ।

संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि जबरजस्ति करणी प्रयासको आरोप लगाउँदै किटानी जाहेरी दिएपछि उनलाई असोज १९ मा प्रहरीले पक्राउ गरेको थियो । उच्चरक्तचापको समस्य देखिएपछि गत असोज २३ गते महरालाई नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

उपचारमा संलग्न डाक्टरले नै स्वास्थ्य अवस्था गम्भीर भएको बताउँदै आइरहेका छन् । स्वास्थ्य अवस्था ठिक नभएको र बाहिर लैजान नमिल्ने बताएपछि प्रहरीले उनीसँग घट्नाको बारेमा बयान समेत लिन सकेको छैन् ।

प्रहरीले गत मंगलबार सरकारी वकीलको कार्यालयमा उपस्थित गराई बयान लिने तयारी गरे पनि स्वास्थ्य अवस्था ठिक नभएकाले बयान टर्दै आएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ६ : ४५ बजे

भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो

एजेन्सी– भेनेजुएलामा आएको दोहोरो विनाशकारी  भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त

राष्ट्र बैंकको निर्देशन- निष्क्रिय खाता घटाउने कार्ययोजना लागू गर्नू

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या

ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं-  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले

आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पको इरानलाई कडा चेतावनी

दुबई- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह