बजेट अभावले रोकियो मगर सामुदायिक घरबास कार्यक्रम « Khabarhub

बजेट अभावले रोकियो मगर सामुदायिक घरबास कार्यक्रम


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ स्थित मगर सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालनमा आउन सकेको छैन ।

भीमदत्त नगरपालिकाको आर्थिक सहयोगमा २०७६ सालदेखि निर्माण सुरु भएको होमस्टे बजेट अभावले अधुरै छ । होमस्टेका अध्यक्ष रिनादेवी थापाले पर्यटकलाई लक्षित गरेर पालिकाको सहयोगमा होमस्टे निर्माण सुरु गरे पनि बजेट अभावका कारण पाँच वर्षदेखि निर्माण अधुरै रहेको जानकारी दिइन्। 

‘त्यतिबेला नगरपालिकाले सात लाख बजेट उपलब्ध गराएपछि हामीले २० जना क्षमताका छवटा घर निर्माण सुरु गरेका थियौँ,’ अध्यक्ष थापाले भनिन्, ‘निर्माण सुरु गरेको केही समयपछि कोरोना महाकारीले काम हुन सकेन, त्यसपछि थप पालिकाबाट तीन लाख ९६ हजार बजेट आए पनि निर्माण पूरा हुन सकेन ।’

पछिल्लो समय पालिकाबाट सहयोग नहुँदा होमस्टे निर्माणले पूर्णता पाउन नसकेको उनले बताए। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमै होमस्टे निर्माण हुने भएपछि निकुञ्ज घुम्न आउने पर्यटकहरू मगर होमस्टेमा पनि आउने अपेक्षा थियो । उहाँले सहयोगका लागि भीमदत्त नगरपालिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई सहयोगको आग्रह गरे पनि सहयोग प्राप्त नभएको गुनासो गरे।

‘हामेस्टे सञ्चालनमा आए हाम्रो रीतिरिवाज र खानपान प्रवर्द्धन हुन्थ्यो र आम्दानी पनि हुन्थ्यो,’ स्थानीय अन्जु थापाले भनिन्, ‘मगर संस्कृति पनि पुस्तान्तरणमा सहयोग पुग्थ्यो ।’

भीमदत्त नगरपालिका–१३ का वडाअध्यक्ष रामबहादुर बोहराले चालु आर्थिक वर्षमा होमस्टे निर्माणको कामलाई पूर्णता दिने बताए ।

‘पर्यटन प्रवर्द्धनका लागि होमस्टे सञ्चालन गर्ने हाम्रो योजना हो तर बजेट नहुँदा समस्या भयो,’ उनले भने, ‘होमस्टे सञ्चालनमा ल्याउन थोरै काम बाँकी छ यसै वर्ष सञ्चालनमा ल्याउने गरी काम गर्छौं ।’ 

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ३ : २९ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक