बजेट अभावले रोकियो मगर सामुदायिक घरबास कार्यक्रम « Khabarhub

बजेट अभावले रोकियो मगर सामुदायिक घरबास कार्यक्रम


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ स्थित मगर सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालनमा आउन सकेको छैन ।

भीमदत्त नगरपालिकाको आर्थिक सहयोगमा २०७६ सालदेखि निर्माण सुरु भएको होमस्टे बजेट अभावले अधुरै छ । होमस्टेका अध्यक्ष रिनादेवी थापाले पर्यटकलाई लक्षित गरेर पालिकाको सहयोगमा होमस्टे निर्माण सुरु गरे पनि बजेट अभावका कारण पाँच वर्षदेखि निर्माण अधुरै रहेको जानकारी दिइन्। 

‘त्यतिबेला नगरपालिकाले सात लाख बजेट उपलब्ध गराएपछि हामीले २० जना क्षमताका छवटा घर निर्माण सुरु गरेका थियौँ,’ अध्यक्ष थापाले भनिन्, ‘निर्माण सुरु गरेको केही समयपछि कोरोना महाकारीले काम हुन सकेन, त्यसपछि थप पालिकाबाट तीन लाख ९६ हजार बजेट आए पनि निर्माण पूरा हुन सकेन ।’

पछिल्लो समय पालिकाबाट सहयोग नहुँदा होमस्टे निर्माणले पूर्णता पाउन नसकेको उनले बताए। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमै होमस्टे निर्माण हुने भएपछि निकुञ्ज घुम्न आउने पर्यटकहरू मगर होमस्टेमा पनि आउने अपेक्षा थियो । उहाँले सहयोगका लागि भीमदत्त नगरपालिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई सहयोगको आग्रह गरे पनि सहयोग प्राप्त नभएको गुनासो गरे।

‘हामेस्टे सञ्चालनमा आए हाम्रो रीतिरिवाज र खानपान प्रवर्द्धन हुन्थ्यो र आम्दानी पनि हुन्थ्यो,’ स्थानीय अन्जु थापाले भनिन्, ‘मगर संस्कृति पनि पुस्तान्तरणमा सहयोग पुग्थ्यो ।’

भीमदत्त नगरपालिका–१३ का वडाअध्यक्ष रामबहादुर बोहराले चालु आर्थिक वर्षमा होमस्टे निर्माणको कामलाई पूर्णता दिने बताए ।

‘पर्यटन प्रवर्द्धनका लागि होमस्टे सञ्चालन गर्ने हाम्रो योजना हो तर बजेट नहुँदा समस्या भयो,’ उनले भने, ‘होमस्टे सञ्चालनमा ल्याउन थोरै काम बाँकी छ यसै वर्ष सञ्चालनमा ल्याउने गरी काम गर्छौं ।’ 

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ३ : २९ बजे

जेन-जी प्रदर्शनका घाइतेलाई सरकारले राहत उपलब्ध गराउने

काठमाडौं– सरकारले सरकारले जेन-जी प्रदर्शनका क्रममा घाइते भएका दुई हजार

विराटनगरले पोखरालाई दियो एनपीएलकै उच्च २२१ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको मंगलबारको खेलमा विराटनगर किङसले

क्रम्प्टनको दशैं-तिहारको ठूलो हर्षका लक्की ड्र विजेता घोषणा

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले आयोजना गरेको ‘क्रम्प्टनदशैं–तिहारको ठूलो हर्ष’ अभियान अन्तर्गत

लोकश र मार्टिन चल्दा विराटनगरको स्कोर २०० नजिक, दबाबमा पोखरा

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत मंगलबारको खेलमा विराटनगर किङ्सका

राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशकमा कल्पना श्रेष्ठ नियुक्त 

काठमाडौं– भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशकमा डा। कल्पना