अन्तरिम सरकारबारे ओलीको टिप्पणी : बाघको छालामा स्यालको रजाइँ जस्तै « Khabarhub

अन्तरिम सरकारबारे ओलीको टिप्पणी : बाघको छालामा स्यालको रजाइँ जस्तै


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा संसदीय दलको बैठक मंगलबार ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखेको छ।

उक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले समसामयिक राजनीतिक घटनाक्रमबारे सम्बोधन गर्दैछन्।

बैठकलाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारमाथि कडा प्रहार गरेका छन् ।

उनले यो सरकार आएपछि देशलाई आर्थिक, सामाजिक, राजनीतिक हरेक हिसाबले देशलाई पछाडि धकेल्न खोजिएको बताए । उनले यो सरकारले ‘बाघ छालामा स्यालको रजाइँ’ जस्तो गतिविधि गरिरहेको बताए ।

‘अहिलेको सरकार भनेको बाघको छालामा स्यालको रजाइँ जस्तै हो’, उनले भने, ‘अहिले देशलाई राजनीति ,सामाजिक ,आर्थिक रुपले पछाडि धकेल्न खोजिएको छ । देश दोबाटोमा उभिए छ । देशको स्वाधीनता, स्वतन्त्रता जोगाएर समृद्धिको यात्रामा जानेकी विनास र बर्बादीको बाटोमा लैजाने यो महत्त्वपूर्ण प्रश्न हो ।’

उनले देशमा अहिले भ्रष्टाचार बढेको पनि आरोप लगाए । ‘देशमा भ्रष्टाचार अहिले बढेको छ । देश लोकतान्त्रिक प्रणालीमा अघि बढेको थियो । अहिले गलत तरिकाले ‘नेपो बेबी’ भनेर बच्चाबच्चीमा त्रास फैल्याइएको छ’, उनले भने, ‘त्यो बालबालिकाविरोधी अपराध हो । उनीहरूलाई मानसिक दबाब दिइयो । बाबुआमाले भ्रष्टाचार गरेका रहेछन् भने पनि बालबालिकाको के दोष ?’

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ३ : ३८ बजे

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।

जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानका लागि अघि बढौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘सुपर एल निनो’को

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौं– प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो