पाकिस्तानमा सुरक्षा कारबाही : उत्तरपश्चिममा दुई छापामा १५ आतंककारी मारिए « Khabarhub

पाकिस्तानमा सुरक्षा कारबाही : उत्तरपश्चिममा दुई छापामा १५ आतंककारी मारिए


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानी सेनाले मंगलबार अफगानिस्तानको सीमा नजिक रहेको देशको उत्तरपश्चिमी क्षेत्रमा गुप्तचर सूचनाका आधारमा दुईवटा गोप्य स्थानमा विशेष छापा मार्दै १५ जना आतंककारीलाई मारिएको जनाएको छ ।

सैन्य विज्ञप्तिअनुसार डेरा इस्माइल खान र उत्तरी वजीरिस्तानमा गरिएको छुट्टाछुट्टै कारबाहीमा ती आतंककारीको मृत्यु भएको हो ।

सेनाले पहिलो अपरेसन खैबर पख्तुनख्वा प्रान्तअन्तर्गत डेरा इस्माइल खान जिल्लामा सञ्चालन गर्दै १० जना पाकिस्तानी तालिवान सदस्य मारिएको पुष्टि गरेको छ । यसैगरी, दोस्रो कारबाही उत्तरी वजीरिस्तानमा गरिँदा थप पाँच जना आतंककारी मारिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा सेनाले मारिएका ती व्यक्तिहरूलाई ‘ख्वारिज’ का रूपमा पहिचान गरेको छ । यो शब्द अधिकारीहरूले अफगानिस्तान र भारतद्वारा समर्थन प्राप्त गरेको आरोप लागेका आतंकवादीहरूका लागि प्रयोग गर्दै आएका छन् । यसमा प्रतिबन्धित तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) का सदस्यहरू समेत समावेश हुने दाबी गरिएको छ । काबुल र नयाँदिल्ली दुवैले यस प्रकारका आरोप निरन्तर अस्वीकार गर्दै आएका छन् ।

पाकिस्तानी तालिबान, अफगान तालिबानसँग छुट्टै तर वैचारिक रूपमा नजिक रहेको समूहको रूपमा परिचित छ । काबुलमा सन् २०२१ मा तालिबान पुनः सत्तामा आएपछि टिटिपीले आफ्नो गतिविधि विस्तार गरेको र मनोबल बढेको सुरक्षा अधिकारीहरूले बताउँदै आएका छन् ।

अहिलेसम्म धेरै टिटिपी नेता तथा लडाकूहरूले अफगानिस्तानको सीमापार रहेका सुरक्षित आश्रयस्थानहरूबाट सञ्चालन गरिरहेको विश्वास गरिन्छ । यसले इस्लामाबाद र काबुलबीचका कूटनीतिक तथा सुरक्षा सम्बन्धलाई थप तनावपूर्ण बनाइरहेको पाकिस्तानी अधिकारीहरूको मूल्यांकन छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ६ : ४१ बजे

गगनलाई बधाई दिँदै प्रदीपले भने- ‘अलमलिने र थाक्ने छुट छैन’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन