३२ बुँदे घोषणापत्र जारी गर्दै महिला सम्मेलन सम्पन्न « Khabarhub

३२ बुँदे घोषणापत्र जारी गर्दै महिला सम्मेलन सम्पन्न


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ३२ बुँदे घोषणा पत्र जारी गर्दै काठमाडौंमा दुई दिनसम्म चलेको विश्व महिला सम्मेलनसम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ ।

सन् २०२० मा चीनमा हुने विश्व महिला सम्मेलनमा नेपालमा महिला अधिकारको अवस्थाका सम्बन्धमा प्रस्तुत गर्ने प्रतिवेदनको तयारीका लागि आयोजित उक्त गोष्ठीले अधिकार संविधान र कानुनमा सीमित भएको निश्कर्ष निकालेको छ । सम्मेलनमा सात प्रदेशबाटै प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

गोष्ठीले महिलालाई स्वतन्त्र हैसियतबाट नागरिकता प्राप्त गर्ने, प्रदान गर्ने, कायम राख्ने र त्याग्ने अधिकार दिन माग गरेको छ ।राजनीतिक, सामाजिक, आर्थिक तथा अन्य सार्वजनिक जीवनमा निर्णय प्रक्रियाका सबै चरणमा नेतृत्व स्तरमा महिलाको पूर्ण प्रभावकारी साझेदारीको प्रावधान सुनिश्चित गर्न समेत बैठकले माग गरेको छ ।

दुई दिने गोष्ठीले तयार पारेको घोषणपत्रलाई सन् २०२० मा चीनमा हुने विश्व महिला सम्मेलनमा प्रस्तुत गर्ने आयोजक संस्था महिला कानून र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले जानकारी दिए ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रप्रसाद घिमिरे सरकार महिलाका अधिकारका पक्षमा बनेका कानुन कार्यान्वयनमा सचेत रहेको बताए ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले श्रमान झोला बोकेर अफिस जाने श्रीमती भान्सामै सीमित रहने परिपाटीको अन्त्य हुनुपर्ने बताए । उनले समाजमा महिलामाथि हुने भेदभाव रोक्न सामाजिक चिन्तनमै परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए । उनले संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनमा ढिलाइ भएकोमा असन्तुष्टि जनाए ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  १० : ३० बजे

पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाउने १० विदेशीको राहदानी अध्यागमनमा पठाइयो

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई