रास्वपा केन्द्रीय समितिको बैठक बस्दै : के छ कार्यसूची ? « Khabarhub

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै : के छ कार्यसूची ?

सभापति रवि लामिछानेको मुद्दाको कानूनी अवस्थाबारे जानकारी गराइने


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बैठक दिउँसो २ बजे सुरु हुँदैछ।

बैठकले समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहल गर्दैछ। बैठकमा सभापति रवि लामिछानेको मुद्दाको कानूनी अवस्थाको जानकारी गराइने छ।

बैठकले केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा गर्ने, विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी गरेको छ।

बैठकमा मिडिया अध्ययन कार्यदलले अहिलेदेखि निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने, आवश्यकता अनुसार घटना ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने कार्यसूचीमा उल्लेख छ।

उम्मेदवार छनौट सिफारिस समिति विस्तार, रूपन्देही–३ को उम्मेदवारसँगै विविध विषयमा छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ। बैठकमा जेनजी लक्षित अभियानका विषयमासमेत छलफल हुँदैछ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ९ : ४९ बजे

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै

२५ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका