अभिनेत्री श्रेष्ठ बनिन् स्टारबोस कफीको ब्रान्ड एम्बेसडर « Khabarhub

अभिनेत्री श्रेष्ठ बनिन् स्टारबोस कफीको ब्रान्ड एम्बेसडर


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्टारबोस कफीले पहिलो आउटलेट काठमाडौंको दरबारमार्गमा सञ्चालनमा ल्याएको छ ।  

शनिबार आयोजित समारोहमा अभिनेत्री तथा मिस नेपाल २०२० नम्रता श्रेष्ठ, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र टक्सार ग्रुप अफ कम्पनीका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर कफी हाउसको उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा अभिनेत्री श्रेष्ठलाई आधिकारिक ब्रान्ड एम्बेसडरका रूपमा सार्वजनिक गरिएको थियो ।  

समारोहका प्रमुख अतिथि नबिल बैंकका सीईओ ज्ञवालीले चुनौतीपूर्ण आर्थिक अवस्थाबीच नयाँ व्यवसाय सुरु हुनु सकारात्मक सन्देश भएको बताए ।

उद्घाटनमा सहभागी पत्रकार ऋषि धमलाले सञ्चारकर्मीहरूसँगको कुराकानीमा जेन-जी आन्दोलनका कारण प्रभावित व्यवसायीलाई सरकारले राहत दिनुपर्ने आवश्यकता औँल्याए ।

सो अवसरमा टक्सार ग्रुपका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले विभिन्न चुनौतीबीच पनि स्टारबोस कफी सञ्चालनमा ल्याउन सफल भएको बताए । उत्कृष्ट सेवा, स्वादिलो कफी र शान्त वातावरणको साथ स्टारबोसलाई नेपालकै प्रमुख क्याफे ब्रान्ड बनाउने लक्ष्य समूहले राखेको उनले बताए ।
 
कार्यक्रममा टक्सार ग्रुप अफ कम्पनीका सह(संस्थापक तथा फ्रान्चाइज प्रमुख दिर्घप्रसाद कर्माचार्य, स्टारबोस कफीका एम.डी. पूर्ण श्रेष्ठ, स्टारबोस कफीका महाप्रबन्धक सुवास अधिकारी, कलाकार यमन श्रेष्ठ लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १२ : ३३ बजे

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका