भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु « Khabarhub

भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भियतनामको ‘खान हो’प्रान्तमा बाढी र पहिरोका कारण कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य दुई जना बेपत्ता भएको स्थानीय मिडियाले बुधबार जनाएका छन् ।

‘खान ले’ पासमा पहिरो जाँदा छ जनाको मृत्यु भएको छ भने ‘खान सोन’ पासमा गएको पहिरोमा अर्को एक जनाको मृत्यु भएको जनाइएको छ ।

पुल पार गर्दा बाढीको पानीले बगाएर अन्य तीन जनाको मृत्यु भएको बताइएको छ । ‘खान हो’ प्रान्तका १४ वटा कम्युन र वार्डमा करिब ९ हजार घरहरू डुबानमा पर्नुका साथै पहाडी क्षेत्रमा गएको ठुलो पहिरोका कारण यातायात अवरुद्ध भएकाले प्रभावित क्षेत्रका जनताको उद्धार तथा सुरक्षालाई खतरामा पारेको जनाइएको छ ।

बुधबार सम्म बाढी प्रभावित क्षेत्रहरूबाट छ हजार ५०० भन्दा बढी बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाइएको छ । 

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  २ : ११ बजे

जेन-जीका संयोजकको जिकिर : एमालेलाई रोक्न खोजेको होइन, कुटपिट भएपछि प्रतिकार गर्‍यौँ

काठमाडौं- बाराको सिमरामा बुधबार कर्फ्यू लगाउनु पर्ने तनावपूर्ण अवस्थालाई लिएर

तस्बिरमा हेर्नुहोस् काठमाडौं र सुदूरपश्चिमको प्रतिस्पर्धा 

काठमाडौं–  नेपाल प्रिमियर लिगअन्तर्गत बुधबारको खेलमा काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ

काठमाडौंविरुद्धको ब्याटिङमा सुदूरपश्चिमको बिजोग, १० ओभर खेल्दा ५ विकेट गुमाएर केबल ५९ रन

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा काठमाडौं गुर्खाजविरुद्ध

डब्लुएचओद्वारा निर्मित ‘प्रिफ्याब’ भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्रवाह हुने सेवा अब सिंहदरबार