भीमार्जुनले भने : नेताहरूलाई जनतामाझ जान नदिएर चुनाव हुन सक्दैन « Khabarhub

भीमार्जुनले भने : नेताहरूलाई जनतामाझ जान नदिएर चुनाव हुन सक्दैन


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संविधानविद् डा. भीमार्जुन आचार्यले दलका नेताहरूलाई सभा-सम्मेलनमा जान नदिएर चुनावको वातावरण नबन्ने बताएका छन् ।

उनले नेकपा एमालेका महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई सिमरा जानबाट गरिएको अवरोधले राम्रो संकेत नगरेको बताएका हुन् ।

बुधबार नेकपा एमालेका तीनजना नेताहरूलाई जहाजबाट सिमरा जान रोक लगाएको विषयलाई लिएर संविधानविद् आचार्यले यसरी चुनाव नहुने बताएका हुन् ।

‘नेताहरूलाई आफ्ना सभा सम्मेलनमा जान रोक लाउने, आफ्ना कार्यकर्ता वा जनतामाझ जान अवरोध पुर्‍याउने हो भने कसरी चुनाव हुन्छ?,’ आचार्यले प्रश्न गरेका छन्, ‘अनि यस्तो काम कसरी गर्न पाइन्छ ?’

उनले आफ्नो सत्ता हुँदा जेन-जीहरू जिम्मेवार हुनुपर्नेमा उल्टो बाटो समातेको बताएका छन् । ‘आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने होइन र?’ आचार्यले प्रश्न गरेका छन्, ‘जेनजीका भाइबहिनीहरूले हेक्का राख्नुपर्‍यो, उत्तेजना बढाउने काम कसैको हितमा हुन सक्दैन ।’

उता बुधबार नै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि सिमरा घटना जेन-जी आन्दोलनको भावनाविपरीत रहेको टिप्पणी गरेका छन्। बुधबार उनले यसरी निर्वाचनको वातावरण पनि नबन्ने बताएका छन्।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  २ : १५ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा