भीमार्जुनले भने : नेताहरूलाई जनतामाझ जान नदिएर चुनाव हुन सक्दैन « Khabarhub

भीमार्जुनले भने : नेताहरूलाई जनतामाझ जान नदिएर चुनाव हुन सक्दैन


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संविधानविद् डा. भीमार्जुन आचार्यले दलका नेताहरूलाई सभा-सम्मेलनमा जान नदिएर चुनावको वातावरण नबन्ने बताएका छन् ।

उनले नेकपा एमालेका महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई सिमरा जानबाट गरिएको अवरोधले राम्रो संकेत नगरेको बताएका हुन् ।

बुधबार नेकपा एमालेका तीनजना नेताहरूलाई जहाजबाट सिमरा जान रोक लगाएको विषयलाई लिएर संविधानविद् आचार्यले यसरी चुनाव नहुने बताएका हुन् ।

‘नेताहरूलाई आफ्ना सभा सम्मेलनमा जान रोक लाउने, आफ्ना कार्यकर्ता वा जनतामाझ जान अवरोध पुर्‍याउने हो भने कसरी चुनाव हुन्छ?,’ आचार्यले प्रश्न गरेका छन्, ‘अनि यस्तो काम कसरी गर्न पाइन्छ ?’

उनले आफ्नो सत्ता हुँदा जेन-जीहरू जिम्मेवार हुनुपर्नेमा उल्टो बाटो समातेको बताएका छन् । ‘आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने होइन र?’ आचार्यले प्रश्न गरेका छन्, ‘जेनजीका भाइबहिनीहरूले हेक्का राख्नुपर्‍यो, उत्तेजना बढाउने काम कसैको हितमा हुन सक्दैन ।’

उता बुधबार नै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि सिमरा घटना जेन-जी आन्दोलनको भावनाविपरीत रहेको टिप्पणी गरेका छन्। बुधबार उनले यसरी निर्वाचनको वातावरण पनि नबन्ने बताएका छन्।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  २ : १५ बजे

जेन-जीका संयोजकको जिकिर : एमालेलाई रोक्न खोजेको होइन, कुटपिट भएपछि प्रतिकार गर्‍यौँ

काठमाडौं- बाराको सिमरामा बुधबार कर्फ्यू लगाउनु पर्ने तनावपूर्ण अवस्थालाई लिएर

तस्बिरमा हेर्नुहोस् काठमाडौं र सुदूरपश्चिमको प्रतिस्पर्धा 

काठमाडौं–  नेपाल प्रिमियर लिगअन्तर्गत बुधबारको खेलमा काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ

काठमाडौंविरुद्धको ब्याटिङमा सुदूरपश्चिमको बिजोग, १० ओभर खेल्दा ५ विकेट गुमाएर केबल ५९ रन

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा काठमाडौं गुर्खाजविरुद्ध

डब्लुएचओद्वारा निर्मित ‘प्रिफ्याब’ भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्रवाह हुने सेवा अब सिंहदरबार