युक्रेनमा रूसी आक्रमण, नौ जनाको मृत्यु « Khabarhub

युक्रेनमा रूसी आक्रमण, नौ जनाको मृत्यु


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पश्चिमी युक्रेनको टेर्नोपिलमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीहरूले बुधबार बताएका छन् ।

‘टेर्नोपिलको आवासीय भवनहरूमा प्रहार हुँदा दर्जनौँ मानिसहरू घाइते हुनुका साथै उनीहरूको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत जनाएका हुन्  । 

उनले आक्रमणको पुष्टि हुने गरी धुवाँले घेरिएका  क्षतिग्रस्त भवनहरूको फोटो तथा भिडियो प्रकाशित गरेका थिए । ‘मानिसहरू भग्नावशेषमुनि फसेका हुन सक्ने समेत उनले उल्लेख गरेका छन् ।’  

मस्कोले पछिल्लो समयमा युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै दैनिक ड्रोन र मिसाइल ब्यारेजहरूले तीव्र आक्रमण गरिरहेको छ । पछिल्लो आक्रमणको लहरमा रूसले ४७० भन्दा बढी स्ट्राइक ड्रोन र विभिन्न प्रकारका ४८ वटा मिसाइल प्रक्षेपण गरेको जेलेन्स्कीले बताएका छन् । 

आक्रमणले उत्तरपूर्वी क्षेत्र खार्किव र पश्चिमी क्षेत्र इभानो–फ्रान्किभस्कमा मानिसहरूलाई घाइते बनाएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  २ : ५६ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा