बारामा रोकिएन एमालेको कार्यक्रम, महेश बस्नेतले भने- सरकार र विपक्षीहरू आत्तिएका छन्  « Khabarhub

बारामा रोकिएन एमालेको कार्यक्रम, महेश बस्नेतले भने- सरकार र विपक्षीहरू आत्तिएका छन् 


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारामा हुन लागेको राष्ट्रिय युवा संघकाे कार्यक्रममा सिमरा जान लाग्दा बुधरबार बिहान सिमरा विमानस्थलमा जेन-जी भनिएकाले नाराबाजी गरेर तोडफोडको प्रयास गरेपछि नेकपा एमालेका नेताहरू काठमाडौंमै रोकिएका छन् ।

काठमाडौंमा नै रोकिएका एमाले नेता महेश बस्नेतले सरकार र विपक्षी दलहरू आफूहरूको आन्दोलनको प्रभावबाट ‘आत्तिएका’ बताए ।

राष्ट्रिय  युवा संघ नेपालको कार्यक्रमका लागि पार्टी महासचिव शङ्कर पोखरेलका साथ सिमरा जान लागेका बस्नेतले विमानस्थल ‘क्लोज’ गरिएको र बाराको सिमरा क्षेत्रमा ‘कर्फ्युको अवस्था’ सिर्जना गरी आफूहरूलाई रोकिएको दाबी गरे। 

तर पनि कार्यक्रम अवरुद्ध नभएको उनले बताएका छन् । ‘विमान स्थल क्लोज गरेर सिमरा क्षेत्रमा कर्फ्यु लगाएर हामीलाई जान रोके पनि कार्यक्रमस्थल बाराको परवानीपुरमा युवा संघका इञ्चार्ज राजीव पहारी, अध्यक्ष क्षितिज थेबे सहितका सबै नेता अहिले कार्यक्रम स्थलमै उपस्थित छन्, कार्यक्रम सुरु भएको छ,’ बस्नेतले भने ।

कार्यक्रममा माओवादी र मधेसवादी दलका ठूला सङ्ख्यामा नेता–कार्यकर्ता एमाले प्रवेश गर्ने तयारी रहेको उनले बताएका छन् । 

बस्नेतले सरकारको यस्तो ‘रवैया’विरुद्ध एमाले युवा संगठनले निरन्तर संघर्ष गर्ने चेतावनी पनि दिएका छन् । ‘हामी स्वयम् आउन नसके पनि कार्यक्रम अवश्य हुन्छ, सबै युवाहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गर्दछौँ,’ उनले भने ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ३ : २७ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा