सिंहदरबारमा बनेको स्वास्थ्य मन्त्रालयको प्रिफ्याब भवन हस्तान्तरण  « Khabarhub

सिंहदरबारमा बनेको स्वास्थ्य मन्त्रालयको प्रिफ्याब भवन हस्तान्तरण 


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सिंहदरबारभित्र बनाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रिफ्याब भवन हस्तान्तरण गरेको छ । 

विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा निर्माण गरिएको ६ वटा प्रिफ्याब भवन बुधबार एक कार्यक्रम गर्दै मन्त्रालयलाई हस्तान्तरण गरेको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए । 

उनका अनुसार डब्लुएचओले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतमलाई औपचारिक रूपमा भवन हस्तान्तरण गरेको हो ।

सिंहदरबार परिसरभित्र दक्षिण पश्चिम क्षेत्रमा रहेको नेपाली सेनाको नरसिंह दल गण रहेको क्षेत्रमा डब्लुएचओले सो भवन निर्माण गरेको हो । 

मन्त्रालयका प्रवक्ता डा.बुढाथोकीले स्वास्थ्य मन्त्रालयले एक दुई दिनबाट सिंहदरबारमा सर्ने योजना रहेको जानकारी दिए ।  जेन-जी आन्दोलनपछि भदौ २४ गते भएको प्रदर्शनका क्रममा रामशाहपथमा रहेको स्वास्थ्य मन्त्रालयको भवन जलेर खरानी भएको थियो । 

आगजनीका कारण जलेको स्वास्थ्य मन्त्रालय प्रयोग गर्न नमिल्ने भएपछि हाल स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनमा सरेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ३ : २९ बजे

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै

२५ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका