‘जेन-जी’का नाममा सिमरा विमानस्थल तोडफोड गर्नेहरू अपराधी र राष्ट्रविरोधी हुन् : ओली « Khabarhub

‘जेन-जी’का नाममा सिमरा विमानस्थल तोडफोड गर्नेहरू अपराधी र राष्ट्रविरोधी हुन् : ओली


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाराको सिमरा विमानस्थलमा ‘जेनजी’का नाममा तोडफोड गर्नेहरूको वास्तविकता अपराधी, असामाजिक र राष्ट्र विरोधी रहेको बताएका छन् ।

बुधबार च्यासलमा आयोजित एमाले स्थानीय विकास विभागको ‘स्थानीय तहका जनप्रतिनिधिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले बारामा देखिएको व्यवहारले लोकतान्त्रिक अभ्यास, शान्ति–सुरक्षा र राष्ट्रिय हितमै चोट पुर्‍याएको बताए । ‘यी सामाजिक तत्त्व होइनन्, असामाजिक तत्त्व हुन् , अराष्ट्रिय, देशद्रोही तत्त्व हुन्,’ उनले कडा शब्दमा प्रतिक्रिया दिँदै भने ।

उनले मंसिर ६ गते एमालेले गर्ने शान्तिपूर्ण र्‍यालीकै माध्यमबाट ‘शान्तिपूर्ण प्रदर्शन कस्तो हुन्छ’ भन्ने देखाइने उल्लेख गर्दै पछिल्लो समय लुटपाट, तोडफोड र आगजनीमै सीमित र्‍यालीहरूको अस्वाभाविकता बढ्दै गएको टिप्पणी गरे ।

राष्ट्रिय झण्डा फहराउने प्रतीक भएको बताउँदै उनले अपराध गर्ने समूहहरूले झण्डालाई ओढेर दुरुपयोग गरेको बताए । झण्डा उनीहरूले आफ्नो पहिचानका लागि ओढेका ओलीले बताए ।

पार्टीभित्रको अनुशासन र ऐक्यबद्धताको सन्दर्भमा उनले हालको संवेदनशील राजनीतिक चरणमा सबै नेता–कार्यकर्ता एकढिक्का हुनुपर्नेमा जोड दिए। ‘केही साथीहरू अहिले विरोधीको लहैलहैमा लागेर अन्तरसंघर्ष भन्छन्, के हो अन्तरसंघर्ष भनेको ?’ उनले भने ।

देशका लागि लड्न सक्ने, दृढ सङ्कल्पका साथ अघि बढ्ने राजनीतिक शक्ति आवश्यक रहेको उल्लेख गर्दै उनले अहङ्कारमा भरिएकालाई थुपारेर देश बन्न नसक्ने टिप्पणी गरे। ‘वृद्धाश्रम बनाएर पार्टी चल्दैन,’ उनले व्यङ्ग्य गर्दै भने ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति टिप्पणी गर्दै उनले ‘प्रचण्डका साथीहरू नै अहिले उहाँलाई घेरेर सिद्ध्याउने’ भन्दै वर्तमान राजनीतिक परिस्थितिमा सतर्क रहन आवश्यक रहेको बताए ।

उनले राजनीतिक दौडमा नचिप्लन नेताहरूलाई आग्रह गरेका छन् । देश निर्माणको जिम्मेवारी सबैले आफ्नै पुस्ताकै हातले वहन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ४ : ३६ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक