जेन-जीका संयोजकको जिकिर : एमालेलाई रोक्न खोजेको होइन, कुटपिट भएपछि प्रतिकार गर्‍यौँ « Khabarhub

जेन-जीका संयोजकको जिकिर : एमालेलाई रोक्न खोजेको होइन, कुटपिट भएपछि प्रतिकार गर्‍यौँ


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाराको सिमरामा बुधबार कर्फ्यू लगाउनु पर्ने तनावपूर्ण अवस्थालाई लिएर आरोप-प्रत्यारोप भइरहेको छ ।

नेकपा एमालेले बाराको परवानीपुरमा गर्न लागेको कार्यक्रमलाई जेन-जीको नाममा एउटा समूहले अवरोध गर्न खोजेको आरोप लागेको छ।

अर्कातिर आफूलाई जेन-जीका रुपमा चिनाउनेहरूले यो तनावको मुख्य कारण नै एमाले भएको जिकिर गरेको छ।

आफूलई जेन-जीको मधेस प्रदेश संयोजकका रुपमा चिनाएका शिव यादवले एमालेको कार्यक्रममा कुनै अवरोध नगरेको र गर्ने मनासय नरहेको पनि बताएका छन् ।

बुधबार सिमरा चोकमा जेन-जीको कार्यक्रम तय गरिएको थियो । यो कार्यक्रममा एमालेका कार्यकर्ता परिचालित गरेर बिथोल्न खोजिएको उनले दाबी गरे । जेन-जी बारा संयोजक सम्राट उपाध्यायसहितलाई एमाले कार्यकर्ताले कुटपिट गरेको उनले जिकिर गरे ।

उता एमालेले परवानीपुरमा कार्यक्रम राखेको थियो । एमालेका कार्यकर्ता सिमरामा आएर जेन-जीहरूको अपमान, दुर्व्यवहार र कुटपिट गरेको उनले बताए ।

‘एमालेबाटै आक्रमण भएको स्पष्ट छ,’ उनले भने, ‘गलत सूचना गइरहेको छ। यो सूचनाले जेन-जी आन्दोलनलाई बदनाम गर्न खोजिएको छ ।’

उनले एमालेका कार्यकर्ताहरूलाई पक्राउ गरी कानुनी कारबाही हुनुपर्ने बताए । ‘आजको घटनाका मुख्य योजनाकार महेश बस्नेतलाई मधेस निषेधको व्यवस्था मिलाउन सरकारसँग माग गर्दछु’, उनले भने ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ५ : ०८ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा