एनपीएलका नाममा दर्शकसँग जबरजस्ती असुली, दर्तै नभएको संस्था देखाएर अवैध पार्किङबाट कमाऊ धन्दा « Khabarhub

एनपीएलका नाममा दर्शकसँग जबरजस्ती असुली, दर्तै नभएको संस्था देखाएर अवैध पार्किङबाट कमाऊ धन्दा


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पुग्ने दर्शकसँग अवैध रूपमा पार्किङ शुल्क उठाउने गरिएको छ ।

‘कीर्तिपुर विकास समाज’ नामक संस्थाको रसिद काटेरै मोटरसाइकलबाट १०० र चारपांग्रे सवारीबाट १५० रुपैयाँ असुलिरहेको छ। त्रिविको स्वामित्वमा रहेको जग्गामा अनुमतिबिनै शुल्क उठाइएपछि तीव्र विरोध भएको छ ।

नेपाल क्रिकेट संघले दर्शकका लागि निःशुल्क पार्किङ व्यवस्था गरेको बताएको थियो। तर मैदान आसपास शुल्क उठाउनेहरूले कीर्तिपुर नगरपालिकाको अनुमति रहेको दाबी गरेका छन् ।

उता कीर्तपुर नगरपालिकाले औपचारिक अनुमति नदिएको उल्लेख गरेको छ। कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले युवाहरू आफैँ शुल्क उठाउन सक्रिय भएको बताए । जेन-जी आन्दोलनमा जलाइएको वडा कार्यालय भवन बनाउने नाममा रकम असुलिएको हो । तर नगरपालिकाले कुनै किसिमको अनुमति नदिएको उनले बताए ।

त्रिवि उपकुलपति प्रा. डा. दीपक अर्यालले पार्किङ शुल्कबारे जानकारी नभएको बताएका छन्। कीर्तिपुर नगरपालिका र क्यानसँग यसबारे संवाद नभएको उनले खुलाए ।

उता त्रिवि रेक्टर प्रा.डा. खड्क केसीले फेसबुकमा लेखेरै विरोध जनाएका छन् । ‘त्रिभुवन विश्वविद्यालयजस्तो स्वायत्त र शैक्षिक संस्थाभित्र अवैध रूपमा जबर्जस्ती पैसा असुली गर्नु आपत्तिजनक छ। यो सह्य हुँदैन’, उनले भनेका छन् ।

त्रिवि कल्याण कोष प्रमुख डा. दीपेन्द्र पराजुलीले त्रिवि स्वायत्त संस्था भएकाले कसैले मनपरी शुल्क उठाउन नपाउने बताएका छन् । उता स्ववियु सभापति दीपराज जोशीले पनि यसरी शुल्क असुल्नुलाई अवैध भनेका छन् ।

उल्टै धम्की

स्थानीयले यो धन्धालाई धन देखेपछि महादेवका तीन नेत्र भने जस्तै संज्ञा दिएका छन् । उनीहरूले त्रिभुवन विश्वविद्यालयसँग २५ वर्षसम्म क्रिकेट मैदान लिजमा लिने क्यानको सम्झौता बहाल रहँदारहँदै अर्को सम्झौता गरेकोमा पनि प्रश्न उठाएका छन् ।

उता यहाँ भवन निर्माणको ठेक्का लिएका ठेकेदारहरू नै स्थानीय युवासँग मिलेर अवैध असुलीमा लागेको भेटिएको छ। यहाँ कीर्तिपुर विकास समाजको नाममा अध्यक्ष त्रिचन्द्र महर्जनसहितका स्थानीयले यो असुलीलाई अघि बढाइरहेका छन् । उपाध्यक्ष राजकमल महर्जन पनि यसमा जोडिएका छन् ।

अर्कातिर गिट्टी बालुवाका नाममा त्रिविको १० रोपनी जग्गामा कब्जा गरेको आरोप लागिरहेका कविन्द्र महर्जन पनि यो अवैध असुलीमा लागेको पाइएको छ। त्यसैगरी कांग्रेसबाट निर्वाचित पूर्ववडाध्यक्ष हिमाल कार्कीको पनि यसमा मिलेमतो रहेको स्थानीयले बताएका छन् । त्यसैगरी बास्केटबलका पूर्वराष्ट्रिय खेलाडी ससिर महर्जनहरू पनि मिलेर अवैध पार्किङका नाममा पैसा असुलिरहेको देखिएको छ। त्यसैगरी स्थानीय जनक भण्डारी पनि यसमा संलग्न भेटिएका छन् ।

शुल्क उठाएको विरोधमा उत्रिएका दर्शकलाई यी युवाहरूले थर्काउने गरेका छन् । पत्रकारले पनि गाली खाएका छन् । ती युवाले जबरजस्ती रसिद नै दिएर रकम असुलिरहेका छन् ।

उनीहरूले रसिदमा, ‘संकलित रकम भाद्र २३-२४ को जेन-जी आन्दोलनमा क्षति भएका सार्वजनिक संरचनाको मर्मतमा खर्च गरिनेछ।’

तर यसरी रकम उठाएको पारदर्शी रेकर्ड कतै छैन । कीर्तिपुर विकास समाज संस्था कतै दर्ता पनि भएको छैन । नगरपालिकाले उक्त संस्था आफूकहाँ दर्ता नभएको जनाएको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले पार्किङ शुल्कबारे धेरै गुनासो आएको बताएका छन् । यसबारेमा अनुसन्धान भइरहेको बतउँदै उनले अवैध पुष्टि भए कारबाही हुने बताए ।

यसअघि पार्किङलाई लिएर एनपीएल आयोजक क्यान र त्रिवि खेलकुद निर्देशनालय तथा स्ववियुबीच भएको ६ बुँदे सम्झौता भएको थियो ।

जसमा मुख्य गेटदेखि आँखा अस्पतालसम्मको बाटोमा पार्किङ नगर्ने भनिएको थियो । सहमतिमा अन्यत्र निःशुल्क पार्किङ व्यवस्था गर्ने उल्लेख थियो।

क्यानले त्रिविलाई वार्षिक ९ लाख भाडा तिरिरहेको छ । एनपीएल-२ को नाफाबाट थप २५ लाख दिने सहमति उसले त्रिविसँग गरेको छ।

दर्शक र स्थानीयले अवैध असुलीको धन्दा तत्काल रोकेर यसमा संलग्नलाई कारबाही गर्न माग गरेका छन्। यस प्रकरणले कीर्तिपुर नगरपालिका, त्रिवि र क्यान पनि विवादि भइरहेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ७ : २९ बजे

वर्तमान प्रहरी नेतृत्व अब एक्सनमा जान्छ: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले प्रहरीको नयाँ नेतृत्व अब

दलहरूप्रति सरकारको नियत सही छैन : प्रदीप ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक दलप्रति सरकारको नियत

प्रधानमन्त्री कार्कीको दाबी : ३५ वर्षमा गिराइएको प्रहरीको मनोबल उठाउँदै छौँ, अब एक्सनमा जान्छ

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले देशभरको सुरक्षा संयन्त्रलाई मजबुत बनाउने

सिमरा विमानस्थलमा तोडफोड र हिंसाबारे प्रधानमन्त्री: यस्तो अराजकता कदापि स्वीकार्न सकिँदैन

काठमाडौं- नेकपा एमालेका नेताहरूलाई रोक्ने नाममा बाराको सिमरा विमानस्थलमा बुधबार

हामी निर्वाचनबाट देश नयाँ पुस्ताको हातमा जाओस् भन्ने चाहन्छौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको सरकारको जिम्मेवारी फागुन २१