दुर्गा प्रसाईँका सुरक्षागार्ड दीपक खड्का पनि पक्राउ, अभद्र व्यवहारको मुद्दामा अनुसन्धान सुरु « Khabarhub

दुर्गा प्रसाईँका सुरक्षागार्ड दीपक खड्का पनि पक्राउ, अभद्र व्यवहारको मुद्दामा अनुसन्धान सुरु


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नागरिक बचाउ महाअभियानका अध्यक्ष तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका निजी सुरक्षागार्ड दीपक खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ।

मंगलबार प्रसाईंलाई भेट्न पुगेका खड्कासहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।

यी मध्ये ८ जनालाई छोडेर खड्कालाई भने हिरासतमै राखिएको थियो। उनीविरुद्ध अभद्र व्यवहारमा म्याद लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रसाईंलाई प्रहरीले सोमबार राति उनकै निवासबाट पक्राउ गरेको थियो। उनीमाथि सार्वजनिक शान्तिमा खलल पु¥याएको आरोपमा जिल्ला प्रशासन काठमाडौँबाट ४ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।

प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। आन्दोलन अघि नै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनको अभियानले भने मंगलबार जिल्ला प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाउँदै रिहाइका लागि २४ घण्टे अल्टिमेटम दिएको थियो। त्यस्तै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले पनि उनलाई बिनाशर्त रिहाइ गर्न माग गरेको छ।

त्यस्तै बुधबारमात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रसाईँलाई रिहा गर्न माग गरेका थिए।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ९ : २५ बजे

केपी ओलीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- ज्यानसम्बन्धी कसुरमा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष

टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

ललितपुर- विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा

पार्टीभित्रको विवाद मिलाउन नसके आगामी निर्वाचनमा झन् अवस्था बिग्रन्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्रको विवाद मिलाउन नसके

गुरू बराललाई प्रश्न : समानान्तर गतिविधिले कांग्रेसलाई कहाँ पुर्‍याउँछ ?

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधसभाको चुनावअघि विशेष महाधिवेशन गरेर