लहानमा ‘स्मार्ट शौचालय’ निर्माण सुरु « Khabarhub

लहानमा ‘स्मार्ट शौचालय’ निर्माण सुरु


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको लहान नगरपालिकाले मुख्य बजार क्षेत्र हुलाकचोकमा आधुनिक सार्वजनिक शौचालय निर्माण सुरु गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले बुधबार शिलान्याससँगै लहानलाई स्वच्छ, सुरक्षित र पर्यटकीय दृष्टिले आकर्षक सहर बनाउने लक्ष्यमा यो परियोजना महत्त्वपूर्ण कदम भएको बताए ।

करिब ५० लाखको लागतमा निर्माण हुने यो शौचालय यसै आर्थिक वर्षभित्र सम्पन्न गरिने जनाइएको छ । लहानमा बढ्दो जनघनत्व र पूर्व–पश्चिम महेन्द्र राजमार्गमा दैनिक रूपमा हुने यात्रुको चापलाई धान्न वर्षौंदेखि पर्याप्त र आधुनिक सार्वजनिक शौचालयको अभाव रहेको थियो ।

शिलान्यास समारोहमा नगरप्रमुख चौधरीले भने, ‘यहाँ सार्वजनिक शौचालयको आवश्यकता अत्यन्तै बढेको छ । अब हामी सर्वसुलभ, सुरक्षित र सुविधायुक्त संरचना निर्माण गर्दैछौँ ।’

अत्याधुनिक प्रविधियुक्त ‘स्मार्ट शौचालय’ बन्ने यस संरचनामा महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिलाई सहज पहुँच हुने व्यवस्था राखिने चौधरीले बताए । उनले भने, ‘यो शौचालय लहानका लागि नमूना संरचना बन्नेछ । चमेनागृह र स्तनपान कक्षदेखि सेनेटरी प्याड भण्डारणसम्मका सुविधा एउटै स्थानमा उपलब्ध गराइनेछ ।’

शौचालयको माथिल्लो तलामा कफी सप सञ्चालन गरिनेछ भने भुइँतलामा आधुनिक सुविधासहितको चारपाङ्ग्रे सवारी धुने केन्द्र निर्माण हुनेछ । साथै एक भागमा विद्युतीय गाडी ‘चार्जिङ स्टेसन’समेत रहनेछ, जसले भविष्यमा बढ्दै गएको विद्युतीय सवारीको प्रयोगलाई सहयोग गर्नेछ ।

लहानका दलित तथा मुसहर समुदाय बहुल क्षेत्रमा विगतदेखि नै सरसफाइ चुनौतीपूर्ण रहेको आएको छ । दलित जनकल्याण युवा क्लबले नगरका विभिन्न स्थानमा करिब १५ वटा सामुदायिक शौचालय निर्माण गरिसकेको भए पनि कमजोर व्यवस्थापनका कारण तीमध्ये कतिपय प्रयोगविहीन हुने स्थितिमा पुगेका छन् ।

यो अवस्थाबारे संस्थाका कार्यकारी निर्देशक विनोद विसुङ्केले भने, ‘सुविधाका लागि संरचना बनाइए पनि व्यवस्थापनमा कमी हुँदा कतिपय शौचालय प्रयोगविहीन बन्न पुगेका छन् ।’

नगरपालिकाले अब ती संरचनाहरूलाई पनि स्तरोन्नति गरी भौतिक गुणस्तर र सेवासुविधा सुधार गर्ने तयारी गरेको छ । नगरप्रमुख चौधरीले सामुदायिक, निजी तथा संस्थागत सहकार्यमा सार्वजनिक–निजी साझेदारी नीतिअनुसार आधुनिक सुविधा विस्तार गरिने जानकारी दिए ।

लहानमा सुरु भएको आधुनिक सार्वजनिक शौचालय परियोजनाले सहरलाई स्वच्छ, सुरक्षित तथा पर्यटकमैत्री बनाउन योगदान पुग्ने विश्वास गरिएको छ । विश्व शौचालय दिवसको अवसर पारेर नगरपालिकाले बुधबारदेखि दिगो सरसफाइको उद्देश्यसहित ‘घर–घरको शान, स्वच्छता अभियान–२०८२’ औपचारिक रूपमा सुरु गरेको छ । (रासस)

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ८ : ३५ बजे

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त

ओली-लेखकको पक्षमा सर्वोच्चको परमादेश : अब म्याद नथप्नू, हिरासत मुक्त गरी थप अनुसन्धान सम्पन्न गर्नू

काठमाडौं- सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

भैरहवा– रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले

क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबीच कूटनीतिक संवाद

तेहरान- इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पश्चिम एशियामा जारी क्षेत्रीय

मधेस प्रदेश प्रमुखसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेश कार्यालयले गत आर्थिक वर्ष