कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

गत असोज २८ गतेदेखि सुरु भएको बैठक पटकपटक स्थगित हुँदै र चल्दै आएको छ । बैठकमा पार्टीको १५औँ महाधिवेशनको विषयलाई लिएर मतभेद जारी छ ।

पार्टीको महाधिवेशन आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अघि गर्ने कि पछि भन्नेमा नेताहरूवीच विवाद हुँदा केन्द्रीय समिति बैठक लम्बिँदै गएको छ ।

केन्द्रीय समिति बैठकमा गत बिहीबार नै कार्यसमितिका पदाधिकारी र सदस्यले धारणा राख्ने क्रम सकिइसकेको छ ।

यसबीचमा पार्टी सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्किएपछि मतभेद समाधान हुने अपेक्षा गरिए पनि कुनै प्रगति देखिएको छैन ।

कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत मंसिर–पुसभित्र नियमित  वा विषेश महाधिवेशन गर्नुपर्ने अडानमा छन् भने सभापति देउवा निकट केही पदाधिकारी तथा पूर्वपदाधिकारीहरू निर्वाचनपछि वैशाखमा गर्नुपर्ने पक्षमा छन् ।  

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ९ : १३ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,