कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍याे « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍याे


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । यसअघि कात्तिक गतेका लागि बोलाइएको बैठक स्थगित गरेर आज दिउँसो २ बजेका लागि बोलाइएको थियो ।

कांग्रेस पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक सूचना जारी गर्दै आजका लागि बोलाइएको बैठक आगामी शनिबार दिउँसो १ बजे बस्ने गरी सारिएकाे जनाएका छन् ।

बैठकमा कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरुलाई बोलाइएको छ ।

गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक पटकपटक स्थगित हुँदै र चल्दै आएको छ । बैठकमा पार्टीको १५औँ महाधिवेशनको विषयलाई लिएर मतभेद जारी छ ।

पार्टीको महाधिवेशन आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अघि गर्ने कि पछि भन्नेमा नेताहरूवीच विवाद हुँदा केन्द्रीय समिति बैठक लम्बिँदै गएको छ ।

कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत मंसिर–पुसभित्र नियमित वा विषेश महाधिवेशन गर्नुपर्ने अडानमा छन् भने सभापति देउवा निकट केही पदाधिकारी तथा पूर्वपदाधिकारीहरू निर्वाचनपछि वैशाखमा गर्नुपर्ने पक्षमा छन् ।

केन्द्रीय समिति बैठक चलिरहेका बेला महाधिवेशनको विषयलाई लिएर संस्थापन पक्ष र इतर पक्षबीच छुट्टाछुट्टै बैठक र भेला हुँदै आएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ११ : ३३ बजे

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा

झापामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

झापा – यहाँको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

काठमाडौँ- भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा

घुससहित भन्सार अधिकृत पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक