एमाले सचिवालय बैठक : अध्यक्षमा उठ्ने जानकारी गराउँदै वरिष्ठ उपाध्यक्ष पोखरेल « Khabarhub

एमाले सचिवालय बैठक : अध्यक्षमा उठ्ने जानकारी गराउँदै वरिष्ठ उपाध्यक्ष पोखरेल


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक बिहीबार दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजेदेखि बस्ने तालिका छ ।

यस बैठकमा मंसिर २७ गतेदेखि हुन लागेको एघारौँ महाधिवेशन तयारीबारे छलफल हुनेछ।

बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिन लागेको औपचारिक जानकारी गराउने तयारी गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओली तेस्रोपटक आफू नेतृत्वमा फर्किने तयारी गरिरहेका बेला पोखरेलले उनलाई टक्कर दिन लागेका हुन् । एमालेका एकजना शीर्ष नेताका अनुसार बैठकअघि यसबारे पोखरेल समूह छलफल गरिरहेको छ।

‘आज ईश्वर कमरेडले औपचारिक रुपमा आफू नेतृत्वमा उठ्ने जानकारी सचिवालय बैठकलाई गराउनुहुन्छ । अध्यक्षले अहिलेसम्म म उठ्दिनँ भन्नुभएको छैन । उहाँले जानकारी गराएपछि अध्यक्षको प्रतिक्रिया कस्तो आउला हेर्नेछौँ’, ती नेताले भने, ‘ईश्वर कमरेड उठ्नुहुन्छ, हामी उहाँको पछाडि छौँ। अब उहाँ रोकिने सम्भावना छैन । आगामी ८ गते उहाँले औपचारिक रुपमा उम्मेदवारी घोषणा सभा गर्दै हुनुहुन्छ।’

एमालेका ती नेताका अनुसार पोखरेलले आफ्नो उम्मेदवारीबारे आगामी ८ गते औपचारिक घोषणा गर्दैछन्। पोखरेलले घोषणा गरेपछि अन्य नेता पनि टिममा जोडिँदै जाने छन् ।

‘सम्भव भएसम्म पोखरेलको छुट्टै टिम बनाएर हामी ८ गते नै घोषणा गर्दैछौँ’, उनीनिकट नेताले भने, ‘सकेसम्म त्यस दिन टीमकै घोषणा हुनेछ । यदि त्यसो नभए उहाँले घोषणा गरेर अरू नेता क्रमश: जोडिँदै गएर टीम बन्नेछ ।’

ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगरिदिएपछि पोखरेललाई अगाडि सारिएको हो । एमाले नेताहरूका अनुसार पूर्वराष्ट्रपति भण्डारी समर्थक नेताहरूले पोखरेललाई साथ दिँदैछन् । ओलीसँग असन्तुष्ट एक ठाउँमा उभिए महाधिवेशनमा कडा प्रतिस्पर्धाको सम्भावना बलियो छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १२ : १६ बजे

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी

चितवनका ६ वटा पालिकामा कर दाता सेवा केन्द्र सुरु

चितवन– चितवनका ६ वटा पालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको

विद्यालय तहमा आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौँ– सरकारको निर्णय अनुसार आजदेखि नयाँ शैक्षिकसत्र सुरु भएको छ

दशरथ रंगशालामा विस्थापितको भीड: नाम दर्तासँगै बाँच्ने अधिकारको लडाइँ

काठमाडौँ – उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा सरकारले चलाएको डोजरपछि घरबारविहीन

निसीखोलाका १२४ पूर्वाधारका आयोजना कार्यान्वयनमा

बागलुङ– बागलुङको सबैभन्दा पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा