कान्ति बाल अस्पतालले माग्यो करार कर्मचारी  « Khabarhub

कान्ति बाल अस्पतालले माग्यो करार कर्मचारी 


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कान्ति बाल अस्पतालले करार सेवामा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

बिहीबार एक सूचना प्रकाशित गर्दै चालु आर्थिक वर्ष २०८२-०८३ का लागि स्वीकृत अस्थायी दरबन्दीअनुसार रिक्त रहेका पदमा पदपूर्ति गर्न ४२ जना कर्मचारीका लागि अस्पतालले दरखास्त आह्वान गरेको हो ।

अस्पतालको पदपूर्ति समितिको निर्णयअनुसार आठौँ तहका २४ जना मेडिकल अधिकृत, आठौँ तहकै एक जना बायोमेडिकल इन्जिनियर र पाँचौँ तहका १७ जना स्टाफ नर्सका लागि आवेदन मागिएको छ । नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले रितपूर्वक दरखास्त दिन सक्नेछन् ।

छनोट हुने कर्मचारीले नेपाल सरकारको प्रचलित स्केल बमोजिमको तलब सुविधा प्राप्त गर्ने अस्पतालले जनाएको छ । आवेदन दिन चाहने उम्मेदवारहरूले मंसिर ४ गतेदेखि मंसिर १८ गतेसम्म कार्यालय समयभित्र दरखास्त बुझाउनुपर्नेछ । 

आवेदनका लागि मेडिकल अधिकृत र बायोमेडिकल इन्जिनियर पदका लागि १ हजार २०० रुपियाँ तथा स्टाफ नर्सका लागि ७०० रुपियाँ दस्तुर तोकिएको छ । आवेदकले हिमालयन बैंकको महाराजगञ्ज शाखामा रहेको अस्पतालको खातामा रकम जम्मा गरेको सक्कल भौचर फारामसाथ पेस गर्नुपर्नेछ ।

उम्मेदवारहरूको छनोट लिखित परीक्षा र अन्तर्वार्ताका माध्यमबाट गरिनेछ । निवेदकले नेपाली नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि स्वप्रमाणित गरी पेस गर्नुपर्नेछ ।

 विदेशबाट अध्ययन गरेकाहरूको हकमा भने समकक्षता निर्धारण भएको प्रमाणपत्र अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १२ : २३ बजे

सिमरामा तनावबीच सिंहदरबारमा सुरक्षा परिषद् बैठक 

काठमाडौं– बारासहित देशका विभिन्न क्षेत्रमा बढिरहेको सुरक्षा संवेदनशीलता बढ्दै गएपछि

काठमाडौं महानगरका गौरव र स्वर्णिम योजनाको प्रगति ३ दिनभित्र बुझाउन निर्देशन 

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको प्राथमिक योजनाहरू ‘गौरव योजना’ र

भारतले दियो नेपाललाई थप १० वटा बेलीब्रिज

हेटौंडा– भारतले नेपाललाई थप १० वटा बेलीब्रिज (फलामे पुल) अनुदानमा

झिनो अंकले घट्यो नेप्से, साढे ४ अर्ब बढीको भयो कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार झिनो अंकले घटेको छ

अफगानिस्तानमा डेङ्गुको उच्च जोखिम : डब्लूएचओ

एजेन्सी– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले पूर्वी अफगानिस्तानमा डेङ्गुको उच्च जोखिम