सिञ्जाको रनुखानामा झोलुङ्गे पुल निर्माण « Khabarhub

सिञ्जाको रनुखानामा झोलुङ्गे पुल निर्माण


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जिल्लाको सिञ्जा गाउँपालिका–२ स्थित रनुखानामा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलबाट करिब चार सय परिवार लाभान्वित भएका छन् । यसअघि, पुल निर्माण नहुँदा स्थानीयवासी र विद्यार्थीलाई यात्रा गर्न समस्या हुने गरेको थियो । 

अहिले पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि स्कुले विद्यार्थीलाई आवागमनमा सहज भएको सिञ्जा–२ का वडाध्यक्ष तीर्थ वडले जानकारी दिए ।

उनका अनुसार जिल्लास्थित पूर्वाधार विकास कार्यालयको रु ५५ लाख बजेटमा गत वर्ष उपझोक्ता समितिसँग सम्झौता भई निर्माण सुरु भएको हो । चालु आवको कात्तिकको पहिलो सातामा निर्माण सम्पन्न भएको पुल अहिले सञ्चालनमा आएको उनले बताए।

यसले वडा कार्यालयभित्र पर्ने माध्यमिक विद्यालय चुलेलगाउँ, विष्टबाडार रनुखानाका विद्यार्थीलाई आवतजावत गर्ने सहज भएको स्थानीय बताउँछन् । एक गाउँबाट अर्को गाउँसम्म जोड्नका लागि करिब ७२ मिटर लम्बाइको झोलङ्गे पुल पुल निर्माण गरिएको वडाध्यक्ष वडले उल्लेख गरे। पुल बनेपछि घुमाउँरो, लामो बाटो हिँड्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।

पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख प्रभाकरप्रसाद सिंहले रु ५५ लाख लगानीमा उपभोक्ता समितिले निर्माण गरेको पुलबाट चार सय परिवारका साथै आगन्तुकहरू लाभान्वित भएका जानकारी दिए। 

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १२ : २६ बजे

सिमरामा तनावबीच सिंहदरबारमा सुरक्षा परिषद् बैठक 

काठमाडौं– बारासहित देशका विभिन्न क्षेत्रमा बढिरहेको सुरक्षा संवेदनशीलता बढ्दै गएपछि

काठमाडौं महानगरका गौरव र स्वर्णिम योजनाको प्रगति ३ दिनभित्र बुझाउन निर्देशन 

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको प्राथमिक योजनाहरू ‘गौरव योजना’ र

भारतले दियो नेपाललाई थप १० वटा बेलीब्रिज

हेटौंडा– भारतले नेपाललाई थप १० वटा बेलीब्रिज (फलामे पुल) अनुदानमा

झिनो अंकले घट्यो नेप्से, साढे ४ अर्ब बढीको भयो कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार झिनो अंकले घटेको छ

अफगानिस्तानमा डेङ्गुको उच्च जोखिम : डब्लूएचओ

एजेन्सी– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले पूर्वी अफगानिस्तानमा डेङ्गुको उच्च जोखिम