महाधिवेशनको रणनीति बनाउँदै ओली, निकट नेताहरूसँग निरन्तर संवाद « Khabarhub

महाधिवेशनको रणनीति बनाउँदै ओली, निकट नेताहरूसँग निरन्तर संवाद


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशन यही मङ्सिर २७ गतेदेखि काठमाडौँमा हुने निधो भएको अवस्थामा स्पष्ट दुई पंक्ति देखिएको छ।

महाधिवेशनमा तेस्रोपटक अध्यक्षको सिट सुरक्षित गर्न लागेका केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूलाई बोलाएर छलफल गरिरहेका छन्।

ओलीनिकट एकजना नेताका अनुसार भक्तपुरको गुन्डुमा बोलाएर उनले आफूनिकट नेताहरूसँग छलफल गरेर महाधिवेशनका लागि तयार रहन आग्रह गरेका छन्।

स्रोतका अनुसार ओलीले केही युवा नेतालाई पनि यस पटक आफ्नो टिममा राखेर पदाधिकारीमा उठाउने योजना बनाउँदैछन् ।

त्यसका लागि उनले पूर्वसांसद महेश बस्नेत, पूर्वसचेतक महेश बर्तौला लगायतलाई खटाएका छन् । भर्खरै एमालेमा फर्किएकी रामकुमारी झाँक्री लगायतका नेताहरू पनि यस पटक पदाधिकारीमा उठ्नेछन् ।

एमाले स्रोतका अनुसार पार्टी उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमालले ओलीको टीमलाई लिएर बाक्लो छलफल गरिरहेका छन् ।

‘अहिले उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालले ओलीको टीमको तयारी गर्नु भएको छ’, ती नेताले खबरहबलाई भने, ‘पदाधिकारीमा मात्रै निर्वाचन हुने भए, त्यहीअनुसारको टीम बन्छ, तल निर्वाचन नहुन सक्छ।’

तीन नेताका अनुसार ईश्वर पोखरेल र केपी ओली समूहले पदाधिकारीमा मात्रै निर्वाचन गराएर केन्द्रीय सदस्यमा सर्वसम्मत नेतृत्व ल्याउन सक्ने सम्भावना पनि छ।

मंसिर २७ गतेदेखि हुने महाधिवेशनमा पहिला केन्द्रीय कमिटीको टुङ्गो लगाएर पदाधिकारीबारे निर्णय गर्ने तयारी छ ।

पार्टीको एघारौँ महाधिवेशनमा यो पटक ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबीच प्रतिस्पर्धा हुने करिब टुंगो भएको एमाले नेताहरू बताउँछन् । पोखरेलले यही ८ गते उम्मेदवारी घोषणा गर्दैछन् ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १२ : २७ बजे

सिमरामा तनावबीच सिंहदरबारमा सुरक्षा परिषद् बैठक 

काठमाडौं– बारासहित देशका विभिन्न क्षेत्रमा बढिरहेको सुरक्षा संवेदनशीलता बढ्दै गएपछि

काठमाडौं महानगरका गौरव र स्वर्णिम योजनाको प्रगति ३ दिनभित्र बुझाउन निर्देशन 

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको प्राथमिक योजनाहरू ‘गौरव योजना’ र

भारतले दियो नेपाललाई थप १० वटा बेलीब्रिज

हेटौंडा– भारतले नेपाललाई थप १० वटा बेलीब्रिज (फलामे पुल) अनुदानमा

झिनो अंकले घट्यो नेप्से, साढे ४ अर्ब बढीको भयो कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार झिनो अंकले घटेको छ

अफगानिस्तानमा डेङ्गुको उच्च जोखिम : डब्लूएचओ

एजेन्सी– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले पूर्वी अफगानिस्तानमा डेङ्गुको उच्च जोखिम