बाडुली के हो ? वैज्ञानिकलाई नै थाहा छैन वास्तविक कारण « Khabarhub

बाडुली के हो ? वैज्ञानिकलाई नै थाहा छैन वास्तविक कारण


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बाडुली लाग्नु स्वभाविक हो । धेरैलाई बाडुली लागिरहने गर्दछ । बाडुली लाग्दा आफ्ना बारेमा कसैले कुरा गरेको वा कसैले सम्झिरहेको हुन्छ भन्ने विश्वास गरिन्छ ।

बाडुली लाग्दा धेरैलाई यसले कुनै असर गर्दैन । यो केही मिनेटमा नै हटेर जान्छ । तर कहिलेकाहिँ लामो समयसम्म बाडुली लाग्ने गर्दछ । यस्तो अवस्थामा केहि घण्टा वा केही दिनसम्म पनि रहन्छ ।

छिटोछिटो खाना खादा खाना राम्ररी नचपाई निलिने हुँदा बाडुली लाग्ने कतिपय चिकित्सक बताउँछन् । केहीले खाना चपाउदा पर्याप्त र्‍यालले नभिजाई खाना निल्दा आवश्यकता अनुसारको र्‍याल पाउन बाडुली लाग्ने गरेको बताउँछन् ।

यस्तै केहीले यसरी बाडुली लाग्दा पानी पिउन सल्लाह दिन्छन् भने केहीले थोरै पानी पिउनु पर्ने बताउँछन् । तर यसरी लाग्ने बाडुली किन लाग्छ भन्नेमा कुनै यकिन जवाफ भने छैन ।

किन लाग्छ त बाडुली ?

यसको उत्तर चिकित्सक मात्र होइन वैज्ञानिकले पनि दिन सकेका छैनन् । वैज्ञानिकको अनुमानअनुसार शरीरमा हुने डायाफ्राम खुम्चिँदा बाडुली लाग्ने गर्दछ ।

डायाफ्राम नामक मांसपेशीले छाती र पेटलाई छुट्ट्याउँछ । तर वैज्ञानिकहरूले बाडुली लाग्नुको ठ्याक्कै कारण भने अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  १२ : ०३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल