बाडुली के हो ? वैज्ञानिकलाई नै थाहा छैन वास्तविक कारण « Khabarhub

बाडुली के हो ? वैज्ञानिकलाई नै थाहा छैन वास्तविक कारण


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बाडुली लाग्नु स्वभाविक हो । धेरैलाई बाडुली लागिरहने गर्दछ । बाडुली लाग्दा आफ्ना बारेमा कसैले कुरा गरेको वा कसैले सम्झिरहेको हुन्छ भन्ने विश्वास गरिन्छ ।

बाडुली लाग्दा धेरैलाई यसले कुनै असर गर्दैन । यो केही मिनेटमा नै हटेर जान्छ । तर कहिलेकाहिँ लामो समयसम्म बाडुली लाग्ने गर्दछ । यस्तो अवस्थामा केहि घण्टा वा केही दिनसम्म पनि रहन्छ ।

छिटोछिटो खाना खादा खाना राम्ररी नचपाई निलिने हुँदा बाडुली लाग्ने कतिपय चिकित्सक बताउँछन् । केहीले खाना चपाउदा पर्याप्त र्‍यालले नभिजाई खाना निल्दा आवश्यकता अनुसारको र्‍याल पाउन बाडुली लाग्ने गरेको बताउँछन् ।

यस्तै केहीले यसरी बाडुली लाग्दा पानी पिउन सल्लाह दिन्छन् भने केहीले थोरै पानी पिउनु पर्ने बताउँछन् । तर यसरी लाग्ने बाडुली किन लाग्छ भन्नेमा कुनै यकिन जवाफ भने छैन ।

किन लाग्छ त बाडुली ?

यसको उत्तर चिकित्सक मात्र होइन वैज्ञानिकले पनि दिन सकेका छैनन् । वैज्ञानिकको अनुमानअनुसार शरीरमा हुने डायाफ्राम खुम्चिँदा बाडुली लाग्ने गर्दछ ।

डायाफ्राम नामक मांसपेशीले छाती र पेटलाई छुट्ट्याउँछ । तर वैज्ञानिकहरूले बाडुली लाग्नुको ठ्याक्कै कारण भने अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  १२ : ०३ बजे

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी

रिपोर्ट भन्छ : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही टुङ्गियो

वासिङ्टन- अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध २८ फेब्रुअरीमा सुरू भएको

बौद्धमा र्‍यालीसहित यसरी मनाइयो बुद्ध जयन्ती (तस्बिरहरू)

काठमाडौं– भगवान् गौतम बुद्धको २५७०औँ जयन्ती शुक्रबार देशभर मनाइँदैछ । शान्तिका

विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता