सिमरामा तनावबीच सिंहदरबारमा सुरक्षा परिषद् बैठक  « Khabarhub

सिमरामा तनावबीच सिंहदरबारमा सुरक्षा परिषद् बैठक 


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारासहित देशका विभिन्न क्षेत्रमा बढिरहेको सुरक्षा संवेदनशीलता बढ्दै गएपछि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन्।

खासगरी नेपाली कांग्रेस र नेकपा एमालेले फागुन २१ को निर्वाचन प्रभावित हुन सक्ने आशंका गरिरहेका बेला सिंहदरबारमा सुरक्षा परिषद् बैठक राखिएको हो ।  
 
बैठक बिहीबार दिउँसो सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा बसेको छ । बैठकमा पछिल्ला घटनाक्रम, समग्र सुरक्षा स्थिति, निर्वाचनको माहोल र सुरक्षा संस्थाहरूको तयारीबारे समीक्षा हुँदैछ । 

बाराको सिमरामा बुधबारदेखिको झडप र तनावपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। एमालेनिकट युवा संघका कार्यकर्ता र ‘जेन-जी’ समूहबीच भएको झडपपछि बुधबारदेखि कर्फ्यु लगाइएको छ। बिहीबार बिहानैदेखि जेन-जी समूहले कारबाहीको मागसहित आन्दोलन चर्काएपछि कर्फ्यु अवधि राति ८ बजेसम्म थपिएको प्रशासनले जनाएको छ।

सिमराको परिस्थिति र राजनीतिक दलहरूले उठाइरहेको शान्ति, सुरक्षा र विश्वसनीय निर्वाचन वातावरणबारेको चिन्ता बढेपछि प्रधानमन्त्रीले परिषद् बैठक डाकेकी हुन् । यसअघि बुधबार साँझ गृह मन्त्रालयमा सुरक्षाबारेमा प्रारम्भिक बैठक बसेको थियो।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ३ : ३२ बजे

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी