भारतले आफैँ बनायो बुलेटप्रुफ ज्याकेट, कश्मीरमा तैनाथ सेनालाई दिइने « Khabarhub

भारतले आफैँ बनायो बुलेटप्रुफ ज्याकेट, कश्मीरमा तैनाथ सेनालाई दिइने


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय सेनालाई पहिलो पटक देशमै बनेको ४० हजार थान बलेटप्रुफ ज्याकेट दिइएको छ । यी ज्याकेटहरु पहिलो चरणमा जम्मू–कश्मीरमा खटिएका सैनिकहरुले पाउने छन् ।

आतंकवाद विरुद्धको अपरेसनमा खटिएका सैनिकहरुले देशमै बनेको बुलेटप्रुफ ज्याकेट पाउने भारतीय अधिकारीले बताएका छन् ।

गत वर्ष भारतीय रक्षा मन्त्रालयले एसएमपीपी प्राइभेट लिमिटेडसँग १.८६ लाख थान उच्चस्तरको ज्याकेट निर्माणका लागि ६३९ करोड भारुमा सम्झौता गरेको थियो । यसबाट भारतीय सेना तथा उद्योगको आत्मविश्वास बढ्ने कदमको रुपमा रहने मन्त्रालयको अपेक्षा छ ।

रक्षा मन्त्रालयसँगको सम्झौताअनुसार उक्त कम्पनीले यस वर्ष ३६ हजार थान बुलेटप्रुफ ज्याकेट उपलब्ध गराउनु पर्नेमा लक्ष्यभन्दा बढी ४० हजार थान ज्याकेट तयार गर्न सफल भएको बताएको छ ।

ज्याकेट बनाउने जिम्मा पाएको कम्पनी एसएमपीपी प्राइभेट लिमिटेडका तर्फबाट मेजर जनरल अनिल ओब्रायले सरकारले दिएको निर्धारित समयभन्दा अगावै बाँकी ज्याकेटहरु पनि बुझाउने बताए ।

भारत सरकारले २०२१ सम्ममा ती सबै ज्याकेट बनाएर उपलब्ध गराइसक्नु पर्ने समयसीमा दिएको छ । यद्यपि, २०२० को अन्तसम्ममा सबै ज्याकेट तयार भइसक्ने दावी गरिएको छ । यो ज्याकेटले हार्ड स्टीलबाट बनेको गोलीलाई छेक्न सक्ने क्षमता राख्दछ । एके–४७ तथा अन्य हतियारबाट प्रहार भएका गोलीले समेत यो बुलेटप्रुफ ज्याकेटलाई कुनै असर पर्ने छैन ।

बोराँन कार्बाइड सेरेमिकबाट तयार गरिएका बुलेटप्रुफ ज्याकेट सुरक्षाको दृष्टिले पनि सुरक्षित र हल्का रहेको छ । ज्याकेटले शरीरलाई ३६० डिग्रीमा सुरक्षा गर्नेछ । यस कार्यलाई भारतीय सेनाको आधुनिकीकरणको कदमको रुपमा लिइएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  २ : ५२ बजे

इन्डोनेसियामा डुङ्गा डुब्दा फसेका चालक दलका सबै सदस्यको जीवितै उद्धार

जकार्ता– इन्डोनेसियाको उत्तरी मालुकु प्रान्तको तालियाबुमा डुङ्गा डुब्दा फसेका २१

यस्तो देखियो कांग्रेस देउवा समूहको भेला (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसमा दुई समूहको झगडा सतहमा आएको छ। फागुन २१

गृहमन्त्री र सशस्त्र प्रहरीबीच छलफल, विपद् व्यवस्थापनदेखि सीमाक्षेत्रको तस्करी र अपराध मूल एजेन्डा

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरीका अधिकारीहरूबीच हलचोकमा छलफल

फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा

एजेन्सी– फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति ‘डोनाल्ड जे ट्रम्प

गगनबाट टिकट लिएका शेखर पनि देउवा समूहको भेलामा मिसिए

काठमाडौं- मंगलबार मध्याह्नदेखि काठमाडौं सुरू भएको नेपाली कांग्रेस शेरबहादुर देउवा