माधव नेपाल, भीम रावलजस्तो नहोस्, स्वस्थ प्रतिस्पर्धा गरौँ: केपी ओली « Khabarhub

माधव नेपाल, भीम रावलजस्तो नहोस्, स्वस्थ प्रतिस्पर्धा गरौँ: केपी ओली


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ११औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन आग्रह गरेका छन्।

बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा उनले पार्टी पंक्ति र देशले एकताको महाधिवेशन चाहेको धारणा राखेका हुन्।

‘कसैले प्रतिस्पर्धा गर्नुहुन्छ भने पनि स्वस्थ प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने कुरा बैठकमा छलफल भएको छ,’ उपमहासचिव प्रदीप ज्ञवालीले भने।

उनका अनुसार, ओलीले प्रतिस्पर्धामा पराजित भएपछि पार्टी छाड्ने गरेको बताएका थिए। उनले आफू भने आठौँ महाधिवेशनमा पराजित भए पनि पार्टी एकताका लागि लागेको र माधव नेपाल, भीम रावलसहितका नेताले पार्टी छोडेको बताएका थिए।

‘माधव नेपाल, भीम रावलजस्तो स्थिति नबनोस्। स्वस्थ प्रतिस्पर्धा गरौँ। त्यसले फरक पार्दैन। तर, आन्दोलनको आवश्यकता सहकार्यका साथ अघि बढ्ने हो भन्ने कुरा व्यक्त गर्नुभयो,’ ज्ञवालीले भने।

आजको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफू अध्यक्ष पदमा उम्मेदवार हुने जानकारी गराएका थिए। ओलीले उनलाई उक्त निर्णय परिवर्तन गर्न पनि आग्रह गरे।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ९ : ५४ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा