एमाले सचिवालय बैठकः महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन « Khabarhub

एमाले सचिवालय बैठकः महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)ले ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको ६०औँ सचिवालय बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले बैठकले महासचिव शङ्कर पोखरेल संयोजक, उममहासचिव पृथ्वीसुब्बा गुरुङ् सचिव र सचिव योगेश भट्टराई सदस्य रहेको सचिवालय गठन गरेको छ । यस्तै उपमहासचिव प्रदीप ज्ञवाली संयोजक र वागमती प्रदेश इन्चार्ज राजन भट्टराई सचिव रहेको जनपरिचालन कमिटी, केन्द्रीय सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीको संयोजकत्व र विभागका सचिव माधब ढुङ्गेल सचिव रहेको प्रतिनिधि व्यवस्थापन समिति गठन गरिएको छ ।

यस्तै आवास व्यवस्थापन समितिको संयोजकमा सचिव छविलाल विश्वकर्मा र सचिव स्थायी कमिटी सदस्य लालबाबु पण्डित, खाद्य व्यवस्थापन समितिको संयोजकमा सचिव लेखराज भट्ट र सचिवमा डा। भिष्म अधिकारी रहेका छन् ।

यस्तै बैठकले यातायात व्यवस्थान समितिको संयोजक सचिव गोकर्ण विष्ट र सचिव रचना खड्का, अतिथि सत्कार समितिको संयोजकमा सचिव रघुविर महासेठ र सचिव महेश वर्तौला, प्रचार समितिको संयोजकमा सचिव पद्मा अर्याल र सचिव राजेन्द्र गौतम रहेका छन् ।

यसैगरी बैठकले स्वयसेवक परिचालन समितिको संयोजकमा भानुभक्त ढकाल र सचिव विनोद पाण्डे, मन्च व्यवस्थापन समितिको संयोजकमा विनोद श्रेष्ठ र सचिव लोकवहादुर भण्डारी, स्वास्थ्य समितिको संयोजकमा कृष्णगोपाल श्रेष्ठ र सचिव राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ, आर्थिक समितिको संयोजकमा उपमहासचिव विष्णु रिमाल र सचिवमा विना श्रेष्ठ, निर्वाचनका आयोगका अध्यक्ष डा विजय सुब्बा संयोजक रहेको निर्वाचन संयोजन समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिको मापदण्ड हेरफेर

यस्तै बैठकले महाधिवेशनका लागि चयन हुने प्रतिनिधिको मापदण्ड हेरफेर गरेको छ । प्रवासी नेपाली मन्च भारत र प्रवासी नेपाली अन्तराष्ट्रिय मन्चबाट दुई÷दुई महिला थप गरेर पाँच÷पाँच प्रतिनिधि आउने व्यवस्था गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । यस्तै उपत्यका विशेष कमिटीबाट एक जना युवा प्रतिनिधित्व गराउने निर्णय गरिएको छ ।

यस्तै बैठकले घर फर्क अभियानअन्तर्गत एमालेमा प्रवेश गरेका नेतालाई प्रतिनिधि बनाउने निर्णय गरेको छ । उपमहासचिव ज्ञवालीले सरकार निर्वाचनको वातावरण बनाउन नलागेको उल्लेख गर्दै बाराको सिमारामा भएको घटनाले निष्कर्ष निकालेको बताए ।

उनले राजनीतिक दललाई गतिविधि गर्न नदिने र उनीहरुले आयोजना गर्न खोजेका कार्यक्रममा स्थानको निम्ति अनुमति नदिने र नेताहरुलाई निर्वाद ढङ्गले मुलुकका विभिन्न ठाउँमा घुमफिर गर्न नदिने जस्ता क्रियाकपालले सरकार निर्वाचन नभई राजनीतिक दललाई निषेध गर्न खोजेको बैठकले निष्कर्ष निकालेको बताए । एमालेले यहि मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा ११औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १० : १६ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि