आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर ५ गते शुक्रबार। मंसिर शुक्ल पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ नोभेम्बर २१ तारिख। विश्व टेलिभिजन दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन राम्रो छ । तपाईंको बोलीकै कारण साथी टाढा हुनसक्छन् । माया मारेको सम्पत्ति हात लाग्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । साना कुरामा तर्क नगर्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

वृष : दिन राम्रो छ । वैदेशिक क्षेत्रको रमझमले आकर्षित गर्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ । धनको घमण्डले साथीभाइ टाढा हुनेछन् । व्यापारमा गरेको सहयात्राले फाइदा हुनेछ । राजनीतिक संगठनमा राम्रो काम गर्ने अवसर मिल्नेछ ।

मिथुन : दिन सामान्य छ । साथीसँग बोल्दा सचेत बन्नुपर्ने । तपाईंका सहयोगीले साथ नदिँदा मन दुःखी हुनेछ । स्वास्थ्यले साथ दिने योग छ । राजनीतिक संगठनमा अल्पमतमा पर्ने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ ।

कर्कट : दिन राम्रो छ । मनमा शान्ति मिल्नेछ । ठूलो कामको सुरुवात गरेको भए नाफा हुनेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । विदेशमा भन्दा स्वदेशमा आम्दानीका विकल्प प्राप्त हुनेछ ।

सिंह : दिन सामान्य छ । तपाईंको योजना सफल बन्नेछ । दीर्घकालीन योजना बनाउन सकिन्छ । परोपकारमा मन जानेछ । कृषि क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्ने जोखिम रहेको छ ।

कन्या : दिन राम्रो छ । सहकर्मीलाई भड्काएर आफूमात्र फाइदा लिने दिन छ । आज साथीसँग सचेत बन्नु राम्रो हुनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । परिवारमा सुख र शान्ति मिल्नेछ।

तुला : दिन राम्रो छ । कला र गलाको प्रदर्शन गर्ने दिन छ । लगानीका क्षेत्रमध्ये वैदेशिक लगानीमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा खुट्टा तान्ने साथी सक्रिय भएकाले सचेत बन्नुुपर्नेछ । राजनीतिक संंगठनमा बढुवा हुनेछ ।

वृश्चिक : दिन राम्रो छ । अग्रजको निर्देशनले मनमा उत्साह बढ्नेछ । राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ । परिवारले साथ दिनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

धनु : दिन सामान्य छ । साना कुराले मनमा झन्झट आइपर्न सक्छ । साथीसँग तर्क नगर्नु राम्रो हुनेछ । लगानीका क्षेत्र सबल छन् । औषधीमा नियमितता नहुँदा रोगले सताउने जोखिम छ ।

मकर : दिन सामान्य छ । अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्नेछ । बौद्धिक व्यक्ति सँगको भेटले मनमा शान्ति मिल्नेछ । परिवारभित्र धोका हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ ।

कुम्भ : दिन राम्रो छ। शुभ ग्रहको बहुमत भएकाले साथीभाइ र आफन्तको साथ मिल्नेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारमा मनमुटाव हुनसक्छ ।

मीन : दिन सामान्य छ । साथी भाइसँग थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ । व्यापारमा नाफा हुनेछ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ५ : ०५ बजे

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि

काठमाडौं विमानस्थलमा देखिइन् बलिउड नायिका शिल्पा !

काठमाडौं – ठूलो चर्चाबिना नै बलिउड नायिका शिल्पा सेट्टी त्रिभुवन