वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई नगद उपलब्ध गराउने « Khabarhub

वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई नगद उपलब्ध गराउने


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– नुवाकोटको बेलकोटगढी नगरपालिकाले हालैको अविरल वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहतस्वरूप नगद उपलब्ध गराउने भएको छ । त्यसका लागि नगरपालिकाले ‘विपद् व्यवस्थापन राहत कोष’ स्थापना गरेको छ ।

नगर कार्यपालिकाको बैठकले किसानलाई राहत वितरणका लागि करिब रु ८० लाख लाग्ने अनुमानसहित स्रोत सुनिश्चित गर्दै एक साताभित्र वडा कार्यालयमार्फत राहत रकम वितरण गर्ने निर्णय गरेको हो ।

धानबाली क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउन जनप्रतिनिधिहरूको एक महिनाको सेवासुविधा, नगरपालिका र वडा कार्यालयका सम्पूर्ण कर्मचारी, स्वास्थ्य संस्था, विद्यालयका शिक्षक-कर्मचारीको एक दिनको तलब उक्त कोषमा जम्मा गर्ने निर्णय भएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार अपुग हुने रकम नगरपालिकाबाट थप गरिनेछ ।
 
गत कात्तिक ११ गतेदेखि परेको अविरल वर्षाले प्रभावित भएका किसानको कात्तिक १६ गतेदेखि तीन दिन लगाई तथ्यांक संकलन गरिएको थियो । 

जनप्रतिनिधि, प्रहरी र कृषि प्राविधिकको रोहवरमा गरिएको क्षतिको विवरण र किसानले दिएको निवेदनका आधारमा नगरका एक हजार ५५७ किसान प्रभावित भएको नगर उपप्रमुख शिवप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार ती किसानले सात हजार ७४५ रोपनी खेतमा लगाएको धानबालीमा वर्षाले क्षति पुगेको पाइएको छ ।

धानबालीमा पुगेको क्षतिको राहत वितरणका लागि कृषि प्राविधिकसँगको रायका आधारमा पारदर्शी र वैज्ञानिक मापदण्ड अपनाउने कार्यपालिका बैठकले निर्णय गरेको छ । त्यसका लागि पीडित किसानलाई जग्गाको भूगोलका आधारमा राहत वितरण मापदण्ड बनाइएको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले जानकारी दिए।

उनका अनुसार धानबाली क्षति भएको एकदेखि तीन रोपनीसम्मलाई प्रतिरोपनी एक हजार ३००, चारदेखि पाँच रोपनीसम्म प्रतिरोपनी एक हजार, छदेखि सात रोपनीसम्मलाई प्रतिरोपनी रु आठ सय ५०, आठदेखि नौ रोपनीसम्मलाई सात सय ५० र १० रोपनीभन्दा धेरै खेतमा क्षति पुगेका किसानलाई प्रतिरोपनी रु छ सय ७५ का दरले नगद उपलब्ध गराउने निर्णय भएको छ ।

नगरपालिकाले पीडित किसानलाई समयमै राहत पुर्‍याउने प्रतिबद्धतासहित कोषमा रकमको व्यवस्थापन गर्दै वडा कार्यालयमार्फत नगद वितरण गरेर किसानलाई सहज रूपमा सेवा दिने जनाएको छ । राहत रकम लिन पीडित किसानलाई एक साताभित्र वडा कार्यालयमा सम्पर्कमा आउन भनिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ९ : ३१ बजे

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि

काठमाडौं विमानस्थलमा देखिइन् बलिउड नायिका शिल्पा !

काठमाडौं – ठूलो चर्चाबिना नै बलिउड नायिका शिल्पा सेट्टी त्रिभुवन

कविताले ब्रोड पिकमा अस्ताएका युक्तलाई सम्झिँदै भनिन् : हिमालका हरेक पलले झस्काइरहेका छन्

काठमाडौं – पाकिस्तानको हिमाल ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका

मधेस तनावबारे चिन्ता गर्दै राप्रपाको आग्रह : अब हिन्दु राष्ट्रबारे राष्ट्रिय बहस सुरू गरौँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तराई–मधेस क्षेत्रमा हालै भएका

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट