दशैँको समयमा उपत्यकामा सवारी दुर्घटनामा १० जनाको मृत्यु « Khabarhub

दशैँको समयमा उपत्यकामा सवारी दुर्घटनामा १० जनाको मृत्यु


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ उपत्यकाभित्र यस वर्षको दशैँमा सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म ३५० सवारी दुर्घटनामा १० ले ज्यान गुमाएका हुन् । यस्तै १४ गम्भीर घाइते र ३०४ सामान्य घाइते भएका छन् ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले तीव्रगति र चालकको लापरवाहीका कारण धेरै दुर्घटना भएको बताए ।

गत वर्षको दशैँको समयमा २८५ सवारी दुर्घटनामा १३ ले ज्यान गुमाएका थिए भने आठ गम्भीर घाइते तथा २०२ सामान्य घाइते भएका थिए ।

महाशाखाले यस वर्षको दशैँको समयमा ट्राफिक नियम उलङ्घन गर्ने १४ हजार ९११ सवारी साधनलाई कारवाही गरेको छ । गत वर्षको दशैँमा पाँच हजार सवारी साधनलाई नियम उल्लङ्घन गरिएको भन्दै कारवाही गरिएको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ३ : २७ बजे

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु