द्वन्द्व व्यवस्थापनमा विश्वले नेपालबाट सिक्न सक्छ : वर्षमान पुन  « Khabarhub

द्वन्द्व व्यवस्थापनमा विश्वले नेपालबाट सिक्न सक्छ : वर्षमान पुन 


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन अनन्तले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय र मौलिक रहेको बताएका छन् । 

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरिएको दिन (५ मंसिर, २०६३) को सन्दर्भ पारेर त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायद्वारा शुक्रबार राजधानीमा आयोजित अन्तर्क्रियामा वक्ता रहेका पुनले नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वभर द्वन्द्व व्यवस्थापनका लागि काम लाग्ने बताए । 

द्वन्द्वको प्रमुख कारण वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक र सांस्कृतिक विभेद रहेको चर्चा गर्दै उनले संविधानमार्फत ती विभेद अन्त्यको प्रयास गरिएको पुनले उल्लेख गरे । 

‘नेपालमा द्वन्द्वको कारण पनि मौलिक छन् र हामीले समाधान पनि मौलिक ढङ्गले नै खोज्ने कोसिस गरेका छौँ । यतिसम्मकी द्वन्द्वरत पक्षको पात्रहरू फेरिएसँगै द्वन्द्वमा आमनेसामने भएका शक्तिहरुबीच समेत त्यति बेलाको संस्थापन पक्षसँग लड्न मिल्नुपर्ने अवस्था आयो’, पुनले भने, ‘द्वन्द्व समाधानका लागि अन्तर्राष्ट्रिय एजेन्सीको पनि सहयोग लियौँ । तर, मूलतः हामीले आफ्नै मौलिकतामा यसलाई अगाडि बढायौँ । हाम्रो मौलिक अनुभव अहिले विश्वको द्वन्द्व व्यवस्थापनका लागि काम लागिरहेको छ ।’ 

उनले तत्कालीन नेकपा माओवादीको एजेन्डाअनुसार राज्य पुन संरचनामार्फत पछि पारिएका वर्ग, क्षेत्र र सीमान्तकृत समुदायलाई रायको मूल प्रवाहमा समावेश गरिएको बताए । 

‘हिजो दलितमाथि खुलेआम विभेद र छुवाछुत थियो । आज दण्डनीय मात्र होइन, राज्यको निकायमा त्यो समुदायको उपस्थिति ग्यारेन्टी गरिएको छ । निजामती सेवामा २७ प्रतिशतभन्दा बढी महिलाको उपस्थिति छ । २५ प्रतिशत महिला सम्पत्तिका मालिक भएका छन्’, पुनले भने, ‘काठमाडौंमा मात्र सीमित हुने राज्यको श्रोत संघीयतामार्फत मधेस, कर्णाली र सुदूरपश्चिमजस्ता पछि परेका क्षेत्रमा सीधै पुगेको छ । हाम्रो प्रस्तावमा सबै राजनीतिक शक्तिबीचको सहमतिमा मात्र होइन, आमजनताले संविधानसभामार्फत संविधान निर्माण गरेर यी कुराहरूको सुनिश्चितता गरिएको छ । पछि पारिएका समुदाय र क्षेत्र राज्यको मुलप्रवाहीकरणमा समावेश भएका छन् ।’

 
पुनले राज्य पुन संरचनापछि काठमाडौं केन्द्रित असन्तुलित विकास र श्रोतको वितरण प्रक्रिया न्यायोचित भएको तर्क गरे । 

फरक प्रसङ्गमा पुनले पछिल्लो समय विश्व राजनीतिक रंगमञ्चमा द्वन्द्वका रूप, कारण तथा प्रभावहरूमा महत्त्वपूर्ण बदलाव आएको र नेपालमा पछि त्यसको बाछिटा देखिएको टिप्पणी गरे ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ५ : २२ बजे

सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म

काठमाडौँ– सरकारको निर्णयअनुसार सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ

रातो मच्छिन्द्रनाथ जात्राको अनुत्तरित प्रश्न- ‘यो भोटो कसको हो ?’

काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण र भव्य परम्परामध्ये एक

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको

‘सीसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सीसी क्यामेरा’बाट

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको