विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने १ सय ७१ स्वास्थ्य संस्थाको सूची सार्वजनिक « Khabarhub

विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने १ सय ७१ स्वास्थ्य संस्थाको सूची सार्वजनिक


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि सूचिकृत १ सय ७१ वटा स्वास्थ्य संस्थाहरुको सूची सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले यी संस्थाहरू सूचीकरणको निर्णय गरेकी हुन् । मन्त्रालयका अनुसार कात्तिक ३० गते सूचीकरणको निर्णय भएको थियो ।

मन्त्रालयले यसअघि स्वास्थ्य परीक्षणसम्बन्धी नयाँ मापदण्ड लागू गरेको थियो । श्रमिकहरूको स्वास्थ्य परीक्षणलाई वैज्ञानिक बनाउन डा. दिपेन्द्ररमण सिंहको संयोजकत्वमा कार्यदल गठन भएको थियो । उक्त विशेषज्ञ समितिको सिफारिसका आधारमा नयाँ मापदण्ड लागू गर्दै स्वास्थ्य परीक्षण शुल्क समेत बढाएको थियो ।

भिडिओ एक्सरे, मधुमेह, फोक्सो सम्बन्धी परीक्षण, कान सुन्ने, नसुन्ने लगायत परीक्षण शीर्षक थपिएसँगै शूल्क बढेको मन्त्रालयले जनाएको छ । सोही नयाँ मापदण्डअनुसार संस्थाहरू सञ्चालन भएका छन् कि छैनन् भनेर मन्त्रालयले अनुगमन गरेको र मापदण्ड नपुगेका २९ संस्था पुरानो सूचीबाट हटाइएको उल्लेख छ । मन्त्रालयले २०० संस्था अनुगमन गरेको हो ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ५ : १९ बजे

प्रदेश प्रमुख खापुङसमक्ष मधेसी आयोग वार्षिक प्रतिवेदन पेस

मोरङ– मधेसी आयोगले कोशी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आज आफ्नो

‘जेलमा बस्दाको दु:खबाहेक एमाले निर्माणमा केपी ओलीको कुनै योगदान छैन’

काठमाडौं– साधारण साडी र सामान्य कोट लगाएर हिँड्ने अष्टलक्ष्मी शाक्य

इन्डोनेसियामा पहिरो जाँदा १० जनाको मृत्यु, १८ बेपत्ता

जकार्ता– इन्डोनेसियाको मध्ये जाभा प्रान्तको आवासीय क्षेत्रमा पहिरो जाँदा कम्तीमा

लगालग विकेट गुमेपछि पोखराको ब्याटिङ संकटतिर

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिमा रोयल्सविरुद्ध खेलिरहेको

पोखरा एभेन्जर्सले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत जारी खेलमा पोखरा एभेन्जर्सले दोस्रो